Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शीतलहरबाट जोगिन रौटहटमा सुरु भयो पूर्वतयारी – Gaule Khabar

शीतलहरबाट जोगिन रौटहटमा सुरु भयो पूर्वतयारी

शीतलहरबाट जोगिन रौटहटमा सुरु भयो पूर्वतयारी

रौतहट, मंसिर १७–
जाडो याममा सबैभन्दा बढि सताउने ठाउँ हो तराई । यस क्षेत्रमा चल्ने शितलहरले कयौं मानिसले ज्यान गुमाउने गरेका छन् । अहिले मंसिर महिना अन्त्यतिर पुगेकोले अब विस्तारै शीतलहर चल्ने बेला सुरु हुन लागेको छ । शीतलहरबाट बच्न अहिले रौतहटमा मौसम पूर्व तयारी सम्बन्धी बैठकहरु सुरु भएका छन् ।
अक्सफाम र ग्रामीण विकास केन्द्र नेपालको सहकार्य र जिल्ला प्रशासन कार्यालय, रौतहटको आयोजनामा शीत लहर पूर्वतयारी सम्बन्धी बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी नरहरि बराल र स्थानीय विकास अधिकारी उमेश बस्नेतको विशेष उपस्थितिमा भएको बैठकमा जाडोबाट बच्ने उपाहरुको बारेमा सल्लाह सुझाव लिइएको थियो ।
जाडो यामको समयमा खासगरी तराईका जिल्लाहरुमा चिसो तथा शीत लहरबाट मानिसहरुको असावधानीको कारणबाट हरेक वर्ष श्वास प्रश्वास, रुघाखोकी, निमोनिया जस्ता स्वास्थ्य सम्बन्धी समस्याबाट धेरै मानिसहरु बिरामी पर्ने र केही ब्यक्तिको मृत्यु समेत हुने गरेको छ । पशु पञ्छी, अन्नबालीमा समेत प्रतिकुल प्रभाव परी धेरै मात्रामा नोक्सान हुने गरेको छ । विगतका वर्षमा मौषमको प्रतिकुलता र वातावरणमा आउने परिवर्तनबाट शीतलहर चल्ने र यसबाट विशेष गरी तराईको जनजीवन तथा प्रभावित जिल्लाहरुमा अस्थायी अवास भएका परिवारहरु, अति गरीव, वृद्धवृद्धा तथा बालबालिकाहरुलाई प्रत्यक्ष प्रभाव पारेको थियो । जसका कारण यसपटक जोखीमलाई न्यूनीकरण गर्न आवश्यक स्रोत र साधनको पूर्व प्रवन्ध तयार गर्न, सचेतना अभिवृद्धि गर्न एवं शीतलहरबाट प्रभावित परिवारलाई पुरयाउने उद्दार तथा राहतको कार्यलाई ब्यवस्थित र प्रभावकारी बनाउनको लागि बैठकमा छलफल भएको थियो । साथै शीतलहरबाट प्रभावित परिवारहरुको उद्दार तथा राहतको लागि आरडिसी नेपालसंग एक लाख २० हजार रुपैयाँको आपत्कालीन कोष, ५० थान कम्बल तथा ५० थान त्रिपाल र नेपाल रेडक्रस सोसाईटीसँग ५० थान कम्बल र यूनिसेफसँग बालबालिका कीट्, किशोरी कीट रहेको आरडिसी नेपालको विपद् जोखिम ब्यवस्थापन मानवीय पूर्वतयारी परियोजनाका कार्यक्रम संयोजक विजय साह बनियाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका