जोरपाटीको नयाँबस्ती चौकीमा स्थानीयको आक्रमण : चौकी ध्वस्त, १० प्रहरी घाइते

जोरपाटीको नयाँबस्ती चौकीमा स्थानीयको आक्रमण : चौकी ध्वस्त,  १० प्रहरी घाइते

काठमाडौं,मंसिर २६ –

ट्याक्सी चालकको मृत्युको विषयलाई लिएर स्थानीय वासिन्दाले जोरपाटी नयाँवस्तीमा रहेको महानगरीय प्रहरी विटमा आगजनी गरेका छन्। शनिबार साँझ प्रहरी चौकी नजिकै पसलमा ट्याक्सी चालक राजु लामाको मृत्यु भएको भन्दै आइतबार बिहान ४/५ सय जनाको संख्यामा गएका स्थानीय वासिन्दाले प्रहरी चौकीमा आक्रमण गरेका हुन्। स्थानीय वासिन्दाले आक्रमण गर्दा दुई तले प्रहरी चौकी ध्वस्त भएको छ भने ५ वटा मोटरसाइकल पनि जलाइदिएका छन्। स्थानीय वासिन्दाको आक्रमणबाट १० जना प्रहरी पनि घाइते भएका प्रहरी हवल्दार कृष्णहरि बजगाईंले जानकारी दिए। प्रहरी चौकी नजिकै अत्यधिक मादक पदार्थ सेवन गर्दा पनि प्रहरीले ख्याल नगरेको भन्दै स्थानीय वासिन्दा आक्रोशित भएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ