सानो झिल्कोमा रहेको विखण्डनकारी पछि डरलाग्दो बन्न सक्छः अध्यक्ष थापा

सानो झिल्कोमा रहेको विखण्डनकारी पछि डरलाग्दो बन्न सक्छः अध्यक्ष थापा

चितवन, मंसिर १७–

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सानो झिल्कोमा रहेका विखण्डकारीहरु पछि डरलाग्दो बन्न सक्ने बताउनुभएको छ ।
देश टुक्राउन स–साना स्वरहरु बाहिर रहेको भन्दै पछि खतराको अवस्था सिर्जना हुन सक्ने तर्फ सचेत गराउनु भएको छ ।
राप्रपा र राप्रपा नेपाल चिवनको एकीकरण सभालाई आज (शुक्रबार) भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष थापाले माओवादी जनयुद्धको सुरुको समयलाई संकेत गर्दै दश वर्षको परिणाम जस्तै डरलाग्दो परिस्थिति सिर्जना हुन सक्ने बताउनुभयो । उहाँले यही अवस्था रोक्नका लागि दुई पार्टी एकीकरण भएको स्पष्ट पार्नुभयो । “कता कता विखण्डका स्वरहरु सुनिन थालेका छन्, परिस्थिति पछि डरलाग्दो हुन सक्छ” थापाले भने “हामी राष्ट्रियतालाई बलियो बनाउन एक भएर उभिएका छौं ।” उहाँले बाह्य शक्ति हावी भईरहेको अवस्थामा देशमा बलियो राष्ट्रवादी शक्तिको आवश्यक परेकोले दुई पार्टी एकीकरण भएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष थापाले अब पार्टी एकीकरण भईसकेकोले देशलाई हिन्दु राष्ट्र बनाई छाड्ने दावी गर्नुभयो । उहाँले राप्रपा इशाई धर्मको कहिल्यै पनि विरोधी नभएको स्पष्ट पार्दै संकटमा पर्न लागेको पर्न लागेको हिन्दु धर्मप्रति मात्रै बढि चिन्ता लागेको बताउनुभयो । हिन्दुत्व संरक्षणका लागि अब एक भएर अघि बढ्ने उहाँको भनाई थियो ।
कार्यक्रममा भूमी सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डे, साँसद गणेश थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमबाट एकीकरण पछिको नयाँ कार्यसमिति समेत घोषणा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ