मेषी दण्ड : भाषाले आदिवासिहरुको संस्कृतिमा ल्याएको विचलन

मेषी दण्ड : भाषाले आदिवासिहरुको संस्कृतिमा ल्याएको विचलन
जङ्ग बहादुर खालिङ राई
जङ्ग बहादुर खालिङ राई

म सम्झन्छु । म कक्षा १० सम्म पढ्दा साहेद कथा, कविता अर्थात किताव लेख्ने मान्छे कस्तो छन् होला भनेर मेरो कल्पनामा आटेका थिएन । झन आफ्नै वरिपरिको गीत, कविता, कथा वा भनौ नाटक पनि हुन्छ भन्ने लागेको पटक्कै थिएन । कक्षा ११ मा पढ्दा किताव लेख्ने सरले नै हामीलाई पढाउन थाल्नु भयो अनि विस्तारै मेरो कल्पनामा लेखकहरुको प्रतिमा परिवर्तन हुदै गयो ।

जब फेसबुक वालमा ‘मोखी दण्ड’ नामक नाटकको लेखनमा लाग्दै छु भनेर मित्र गणेश कुमार आर्थत गीलु रातोसको फेसबुक वालबाट आएपछि नै नाटक हेर्ने हुटहुटी बढेर आएको थियो । तर मेरो बसाई भने जहाँबाट नाटकको जन्म हुन्छ त्यही भूमिमा रहेकोले नाटक हेर्नको लागि ‘गाउँ आएको बाटो’ ल्फिमको जस्तै शहर आउनु मेरो बाध्यता हो । नाटक मण्डला थिएटरमा मञ्चन भएको दोस्रो दिन हेर्ने मौका जुर्यो । मित्र अर्जुन राई र मेरो ।

खालिङ राई संस्कृतिको जगमा टेकेर नाटक उठाइएको छ

नाटक तीन चुला पुजाबाट सुरु गएिको छ । त्यो तीन चुला पूजा मात्रै नभएर न्यगी पूजा पनि हो, तर न्यगी पितृ पूजा हो भने वास पितृ र प्रकृतिको पुजा हो । वास (साकेला) न्यगी पूजाबाट सुवात हुन्छ । अर्थात किरात खालिङ राईहरुको हरेक शुभकार्यका मुन्दुमी कार्यहरु न्यगी पूजाबाट हुन्छ । न्यगी पितृको पूजा हो । पितृलाई खुसी राख्न सकियो भने व्यक्ति, परिवार र समुदायनै सम्बृद्ध हुन्छ भन्ने मान्यता हो । न्यगी आफैमा खालिङ राईहरुको सँस्कृतिको आधार हो । अनि पितृ र प्रकृतिको पुजा हो वास । नाटक पनि पितृ र प्रकृतिको आर्शिबादबाट सुरु भएकोले पनि नाटकका लेखेक, निर्देशक, कलाकारहरुले दर्शकको आपार माया पाउनुहुन्छ भन्ने शुभ संकेत देखिन्छ । धुमधामका साथ वास मनाइसक्दा उता नेपालबाट रानाका भारदार र सेनाहरु सोलुखुम्बुको उत्तरी नाका नाङपाला हुदै भोट जानेहरु राप्छा गाउँ आइपुग्छन् ।

खालिङ राईहरु एकल समुदायको मात्र बसोवास भएका कारण उनीहरु आफ्नो भाषा मात्र बोल्न जान्दछन् । तर, गाउँमा आएका पाहुनाहरुलाई राम्रै भाषामा सम्बोधन गर्न खोज्दा ‘मेषी मका’, अर्थात खालिङ राई भषामा हो नी त्यस्तै हो हजुर भनेर भन्छन् तर उनीहरुको त्यो भाषाकै कारण राणाका भारदारहरु अपमानित महसुस गरी पर्वते भषा बोल्न नजानिन्जेल सम्मका लागि मेषी दण्डको घोषणा हुन्छ । यसरी बर्षो देखि मेषी दण्ड तिर्दाको पिडाले गर्दा दुख मुक्त हुने उपाय भनेकै पर्वते भाषा बोल्न जान्नु हो । त्यासैले गाउँका प्रमुख तालुक सुजम्बर र उनका दरम गोरिसे दुईनबर बासिन्दा सिंहविरका घरमा विन्ति विसाउन पुग्दछन् । हामीलाई पवर्ते भाषा बोल्न सिकाउनु पर्यो भनेर ।

मेषी दण्डले खालिङ राई समजमा पारेका प्रभाव

मेषी दण्ड आर्थत राणहरुको यात्रा तिब्ततिरको हुनु पूर्व किरात खालिङ राई बस्ति कन्चन हिमताल जस्तै थियो तर जब राणाहरुको तिब्बत यात्रामा राई बस्तिमा प्रबेश गर्ने वित्तिकै हिमतालमा अर्को ग्ल्यासियर खसेजस्तै हुन्छ । र हिमताल फूटेर जसरी खोलाले आफ्नो धार अनि खोला किनारका बस्तिहरुमाथी विचलित हुन्छ त्यसै मेषी दण्डले खालिङ राई समाजको पनि । मानवशास्त्रीहरुले भन्ने गरेका छन् भाषा संस्कृतिको बहाक हो । यसको ज्वलन्त दृष्टान्त मेषी दण्डबाट उन्मुक्ति पाउन पर्वते भाषा सिक्न सिक्ने क्रममा सिंहवीरसँग आएका आफ्ना पण्डित अनी उनका सहयोगी कपडा सिलाउने र फलाम पिट्नेसहित राप्छा पुग्छन् । पर्वते भषा सिक्नु पूर्व खालिङ राई समुदायले आफैले हातैले सिलाएर जिले, अल्लोका लुगालई सिलाएर लगाउने, फलामका कामहरु आफै गर्ने एउटा अटोनोमस समज थियो तर जब सिंहवीरसंगै आएका पण्डित सहितको समुहले पनि आफ्नो पेशागत पहिचान खोज्न थाले जस्ले गर्दा चालिस घरको पुरेतले खालिङ राईहरुलाई अमृतजल भनेर गहुत अर्थात गाईको पिसाप प्रसादको रुपमा ग्रहण गर्न लगाएका थिए तर पछि मात्र सोझा राईहरुले थाहापाएर आफ्नो आक्रोस पाख्दा पुरेत पनि क्रसित भएर पुरानै आफ्नो थाक्थलो फर्किन्छ । अनि राई समुदायमा जातीय व्यबस्था तथा छुवाछुतको समेत विजारोपण सुरु हुन्छ ।

अन्तरजातीय प्रेम विवाह

नाटकमा सबैको मनलाई छुने अर्को शक्तिशाली दृश्य भनेको विष्णु र दिस्लुको अन्तरजातीय प्रेम पनि हो । पञ्चायातको उत्तरार्धसम्ममै गाउँमा भएका अन्र्तजातीय विवाहरु जसरी नाटकमा देखिएको दृश्य जस्तै गरी गाउँबाट भागेर गएका थुप्रै दृष्टान्त पाउँन सकिन्छ । नाटक जन्मेको भूगोलमा जनयुद्धको प्रादुर्भावसँगै अन्र्तजातीय विवाहको स्वीकृति भने भएको पाइन्छ । नाटकको अन्तरजातीय प्रेम विवाहको सामाजिक अस्वीकृतिले दुबै क्षेत्री र राई समुदायवीचमा भएको बेमेलले पनि निक्कै भावुक बनाउँछ । जुन प्रेम विवाहले सुजम्बरको समुदायमा पनि विचलन ल्याउछ भने उता सूर्यध्वजको समाजमा पनि उस्तै हुन्छ । दुबै समुदायमो अन्र्तजातीय प्रेम विवाह भने स्वीकारीसकेको आस्था छैन् ।

 

दण्डमुक्त हुनकोलागि सुजम्बरले आफ्नो तालुकदारी अधिकार समेत सिंहवीरलाई सम्झौता गरिदिनु

सुजम्बर आफ्नो हितको लागि मात्र नभएर गाउँकै भलोको लागि आफ्नो अधिकारलाई समेत सजिलै सम्झौता गरेर भाषा सिकाउने खसलाई सबै अधिकार र जमिन दिएर राख्दछ । तर पछि गाउँमा भएको अन्र्तर समुदायको कलह अनि आफ्नै ङ्वप्सु ÷दाजुभाईहरुवीचको बेमेलको कारण सुजम्बर आफैलाई पस्चाताप लाग्छ र जुनमफूलले जाड छानिदिन्छु भन्दा पनि निक्कै मन दुखाएर परदेश लाग्छ । तर, यसरी माटो, हावा, पानी, ढुङ्गा अनि आफ्नो समुदायको शिर झुकाउने कामपो गरेकी भनेर सुजम्बर निक्कै भावुक हुदै परदेश लाग्छ तर दुकोशी तर्दातर्दै उनको भौतिक जीवन अन्त्य हुन्छ । साच्चै यो दृश्यले सबैको मनलाई अमिलो बनाउछ अनि आखाँ पनि ओसिलो बनाउँछ ।

नाटकको जन्मनै भाषा बोल्न नजानेकै कारण निमार्ण भएको हो । त्यसैले यस नाटकमा प्रयोग भएका भाषा पनि त्यस्तै पाइन्छ । साहेद यस नाटकमा अभिनय गर्ने कलाकारहरुले खालिङ भाषा बोल्दा गर्ने उच्चारण हेर्दा पनि थहाँ हुन्द्ध की अर्को भाषा बोल्नु वा सिक्नु कत्ति कठिन हुनेरहेछ भनेर । त्यसैले खालिङ राईहरुले नमस्ते गरेको उच्चारणलई सम्झिन सकिन्छ । राज्य विस्तारको क्रममा भएको आदिवासी जनजातीहरुले भोग्नु परेको भाषिक तथा समाजिक पिडालई यस नाटकले छर्लङ पारिदिएको छ । यो किरात खालिङ राईहरुको मात्र कथा नभएर सिङ्गो आदिवासीहरुको कथा हो ।

अन्यमा, यो नाटक सबैले एक पटक हेर्न जरुरी छ । नेपाल बहुरंगी फूलहरु मध्ये एउटा फूलको कथा हो मेषी दण्ड ।

खालिङ राईभाषिहरुले त झनै हेर्न छुटाउनु हुदैन् । इतिहासलाई पढेर भन्दा पनि हेरेर मज्जा लिन सकिने रहेछ भन्ने कुरा नाटक हेरेर थाहाँ लाग्यो ।

नाटकका कलाकारहरुहो कला बेजोडको छ नै । निर्देशक अनिल सुब्बाको निर्देन पनि खासै कमि छ जस्तो अुनभुत गर्न पाइन्दैन । इतिहास जस्तो गम्भिर विषयलाई नाटकको माध्यामबाट दर्शकलाई मनोरञ्जन दिने कलामा गीलु रातोसले पनि कुनै कसुर बाकी राखेजस्तो लाग्दैन । नाटक अझै हेरिरहुँ जस्तो लाग्दा लाग्दै भूपाल राईको कविताले नाकलाई बिट मार्दछ ।

“…म एकाएक दण्डित छु आफ्नै कथाको आकास मुनि,

मराषन्न छ मेरो भषा, मेटिएको छ मेरो संगीत

भत्किएको छ मेरो जीवन उपाय…”, कवि भूपाल राई

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका