सोलुखुम्बु । महाकुङ गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ ।
आईतबार सम्पन्न ११ औँ गाउँसभाबाट ३५ करोड १७ लाख ३५ हजार १०० रुपैयाँ बराबरको बजेट पेश गरेको हो ।
महाकुलुङ गाउँपालिकाको सभाहल बुङमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको अध्यक्षतामा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरिएको गाउँपालिकाले जनाएको छ ।