सोलुखुम्बु । सोलुखुम्बुमा निमार्णधिन सोलु करिडोर आयोजनाले पाचौ पटक म्याद थपका लागी फायल अगाडी बढाएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिना भित्र निर्माण सम्पन्न गर्ने गरि काम सुरु गरेको आयोजनाले पुन पाचौ पटक म्याद थपका लागी फायल अघि बढाएको हो ।
सन् २०२० डिसेम्बर ३१ मा काम सक्ने शर्तमा चौथो पटक म्याद थप गरेको आयोजनाले पुन पाँचौ पटक तीन महिनाका लागी म्याद थप गर्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा उत्पादित विद्युत बाहिर लैजान १३२ केभी प्रसारण लाइन निर्माण गरिएको भएपनि ्राविधिक कारण समयमानै सम्पन्न हुन नसकेको हो । सिरहाको मिर्चैयादेखि तिङ्लासम्म ३ सय २ ओटा टावर बनाउनुपर्नेमा अहिलेसम्म २ सय ९१ ओटाको फाउण्डेशनको काम सकिएको आयोजनाले जनाएको छ ।
अब ११ ओटा टावर निर्माण गर्नुपर्ने छ तर १० टावर निमार्ण गर्ने ठाउँमा स्थानियको अबरोध कारण काम सुरु नै हुन नसकेको आयोजना प्रमुख गौतमले बतनाउँनुभयो । यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ६० किलोमिटर तार टाँगिएको छ ।
आयोजनाको काम सम्पन्न हुन नसक्दा माथिल्लो सोलुखोला २३ंं.५ मेगावाड विद्युतमा उत्पादन भएको विद्युत् खेर गइरहेको छ । अहिले ११ केभी प्रसारण लाइन मार्फत रुम्जाटार सव स्टेशनमा लगेर ५ मेगावाड बिद्युत खपत गरिएको आयोजनाले जनाएको छ ।
साभार सोलु एफ एम