तिते करेला र चिप्ले भिन्डीको तरकारी खाने सिजन हुन्छ । एक दिन सन्तुकी आमाले तिते करेला र चिप्ले भिन्डीको तरकाली पकाउछिन् । सन्तुलाई तिते करेला र चिप्ले भिन्डी देख्दै मन पर्दैन । सन्तुले तरकारी त झन खने कुरै भएन । सन्तुलाई आफ्नी आमाले खाना खान बोलाउछिन् । आमाले सन्तुलाई एउटा थालमा भात, तिते करेला र चिप्ले भिन्डीको तरकारी राखेर दिन्छिन् । सन्तुले त्यो तरकारी देखेर आमालाई बिस्तारै आमा म भात खादिनँ भनेर भन्छ । आमाले सन्तुलाई किन नखाने भात ? भेनेर प्रश्न गर्छिन् । सन्तुले मुख बिगार्दै, तपाईलाई थाहा छैन, मैले तिते करेला र चिप्ले भिन्डीको तरकारी मन पर्दैन भनेर भन्छ । आमाले पुन: सन्तुलाई प्रश्न गर्छिन्, “किन नखाने मलाई थाहा छैन ।” सन्तुले झर्किदै आमालाई भन्छ, “तितो र चिप्लो हुन्छ, त्यसैले मन पर्दैन ।”
उता तिते करेला र चिप्ले भिन्डीले सन्तु र सन्तुको आमाले गरेको कुरा सुनिरहेको हुन्छ । सन्तुले चिप्लो र तितो हुन्छ भनेको सुनेर तिते करेलाबिच संवाद सुरु भयो :
तिते करेलाः तँ त चिप्लो हुन्छ रे हो ?
चिप्ले भिन्डीः अह ! म चिप्लो भएर के भो त ? तँ त झन खानै नसक्ने तितो हुन्छ रे । तँ तिते हाहाहा…….। (चिप्ले भिन्डी हाँस्छ ।)
(तिते करेलालाई चिप्ले भिन्डीको कुरा सुनेर रिस उठ्छ र मलाई तिते भन्ने भनेर झगडा गर्न थाल्छ ।)
तिते करेलाः म त तिते भएँ । त नि त झुसे हो । तेरो शरीरभरि झुसैझुस छ, तँ झुसे मलाई मात्र तिते भन्छस हाहाहा… । (तिते करेला पनि हाँस्छ । चिप्ले भिन्डीलाई तिते करेलाको कुरा सुनेर झन रिस उठ्छ र यसले मलाई झुसे भन्ने भनेर ठूलो स्वरले कराउदै भन्छ ।)
चिप्ले भिन्डीः तँ तितेले मलाई झुसे भन्ने तेरो पनि शरीर भरि काँडै काँडा छ । तँ तिते मात्र होइन काँडे पनि होस । (तिते करेलाले पनि झन जङ्गिदै भन्छ । )
तिते करेलाः ए झुसे ! म तिते र काँडे भए पनि के मतलब तँलाई । मलाई त मानिसहरुले पकाएर खान्छन् ।
चिप्ले भिन्डीः अ तिते ! खुबै तँलाई मात्र खान्छन् मानिसहरुले मलाई पनि मज्जाले पकाएर तरकारी र उसिनेर औषधीको रुपमा पनि खान्छन् भन्ने कुरा नबिर्सि । मलाई किन खान्छ भनेर सोध्न बरु ? (तिते करेला एकछिन चिप्ले भिन्डीको कुरा सुनेर अलमलिन्छ र सोच्छ, अँ है किन खान्छ होला मानिसहरुले ? सोध्नु पर्यो भनेर सोध्छ । )
तिते करेलाः ल ल भन् त किन खान्छन् मानिसहरुले तँलाई ?
चिप्ले भिन्डीः सुन ! मलाई खायो भने मानिसहरुको स्वास्थ्य र सैन्दर्यमा फाइदा पुर्याउछ । ममा प्रोटिन, क्यालसियम, बोसो, कार्बोहाइड्रेड, सोडिययम, फलाम र फोस्फोरस गरी ममा सात प्रकारको गुण भएको हुनाले खान्छन् । (तिते करेलाले चिप्ले भिन्डीको कुरा टुङ्गिन नपाउदै भन्छ ।)
तिते करेलाः ओहो ! तैँले मात्र मानिसहरुको स्वास्थ्य र सैन्दर्यमा फाइदा पुर्याउछस् भन्ने सोचेको मैले पनि पुर्याउछु नि मानिसहरुको स्वास्थ्य र सौन्दर्यमा फाइदा । तँलाई थाहा छैन होला तेरोभन्दा मेरा गुणहरु धेरै छन् भनेर ? ममा प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ‘ए’, भिटामिन ‘सी’, केरोटिन, ग्लुकोलाइड, सेपोनिन्, एल्केलाइ र लिटर्स गरी ममा एघार प्रकारका गुणहरु पाइन्छ । म तितो र काँडे भएपनि ममा धेरै गुणका कारणले मलाई मानिसहरुले पकाएर मात्र होइन, धुलो र रस बनाएर पनि खान्छन् । चिप्ले भिन्डीले मनमनै, हो त यसको त एघार प्रकारको गुण छ मेरो त जम्मा सात प्रकारको मात्र छ भनेर सोच्छ र मसिनो स्वरमा कुरा गर्न थाल्छ :
चिप्ले भिन्डीः मैले मानिसहरुको आन्द्रामा हुने कोलोन क्यान्सर फैलनबाट बचाउँछु, रगतमा हेमोग्लोबिन निर्माण गर्छु, एनिमियाबाट बचाउछु र रक्तश्राव रोक्न सहयोग पुर्याउछु । अनि सौन्दर्यमा लामो केश, कालो र बाग्लो बनाउन र शरीरमा रहेको बोसो वा मोटोपन नियन्त्रण गर्ने गर्छु । तैँले के गर्छस् ?
तिते करेला (एकछिनसम्म सोचेपछि) : भोभो धैरै फुँई लगाउनु पर्दैन । मैँले पनि मधुमेहबाट समस्यामा पारेका, जन्डिसका बिरामीको समस्या, पत्थरीको समस्या, पेटमा जँकाको कारण पेट दुखाइको समस्या, हाड जोर्निको समस्याहरुको निराकरण गर्न र पिसाव सफा राख्ने जस्ता कार्य गर्छु । मानिसहरुको अनुहारको दाग र पोतो हटाउन, रगत सफा राख्न, छाला जवान र चम्किलो राख्ने जस्ता सौन्दर्यको काम गर्छु, बुझिस् ?
(चिप्ले भिन्डीले तिते करेलको गुण र कार्य साचिकै धेरै नै छ, अब योसँग झगडा गरेर काम छैन भनेर एउटा चलाखिपन अपनाउछ र हामी मिल्नुपर्छ भनेर भन्छ । )
चिप्ले भिन्डीः ल ल भैगो आबो धेरै झगडा गर्नु हुन्न हामीले, मानिसहरुले हामी दुबैलाई मिसाएर पनि तरकारी खान्छन् । हामीले यो कुरा बिर्सनु हुदैन । हामी मिल्नुपर्छ । (चिप्ले भिन्डीले भनेको कुरा तिते करेलाले नकार्न सक्दैन र भन्,
“हो त बेकारमा हामीले झगडा गर्नु हुन्न । मानिसहरुको लागि हामी दुबै जना बहु-उपयोगी छौँ ।” (त्यसपछि तिते करेला र चिप्ले भिन्डी मिलेर बस्छन् ।)
यता सन्तु र सन्तुको आमा तिते करेला र चिप्ले भिन्डीको कुरा सुनेर दङ्ग पर्छन् । अनि सन्तुले मनमनै, ओहो यति धेरै फाइदा हुदो रहेछ । तिते करेला र चिप्ले भिन्डीको तरकारी खायो भने भनेर भन्छ र सन्तुले अघि खादैन भनेको तरकारी आमालाई नरम स्वरमा भन्छ,”आमा अघिको मेरो भात र तरकारी खै ? दिनुस् न ।” सन्तुकी आमाले त्यो खाना खुसी हुदै दिन्छिन् र सन्तुले भात, तिते करेला र चिप्ले भिन्डीको तरकारी मिठो मानी मानी खान्छ ।
कथाकार युरिका सिङ्जाली मगरलाई सामाजिक संजालमा भेट्न यहाँ क्लिक गर्नुहोस् ।