अपर सोलू हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

अपर सोलू हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर (आईपीओ) बिक्री खुलेको छ ।

आजदेखि कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित साढे १९ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो । धितोपत्र बोर्डका अनुसार कम्पनीको १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता सेयर बिक्री खुलेको हो ।

कर्मचारीका लागि ३९ हजार १५० कित्ता सेयर छुट्याएको छ भने ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । कम्पनीले आफ्नो जारी चुक्ता पूँजी १ अर्ब ३५ करोडको २४.५ प्रतिशत सेयर जारी गर्ने साथै स्थानीय बासिन्दाका लागि १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका