सोलुमा एक हजार बढी मतदाता थपिए

सोलुमा एक हजार बढी मतदाता थपिए

काठमाण्डौ । सोलुखुम्बु जिल्लामा एक हजार जना भन्दा बढी मतदाताको संख्या थपिएको छन् । गत असार १ गतेदेखि हाल सम्म जिल्लामा थप १ हजार ३ सय ७४ जनाले फोटोसहितको मतदाता नामवलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सो अवधीमा जिल्ला निर्वाचन कार्यालय सल्लेरीबाट ३६८ जना, जिल्ला प्रशासन कार्यालय डेक्सबाट ६४२ जना र इलाका प्रशासन कार्यालय सोताङबाट ३६४ जनाले नाम दर्ता गराएका हुन् । अहिले सम्म जिल्लामा कुल मतदाताको संख्या ८१ हजार ३ सय ९३ जना पुगेको कार्यालयले जनाएको छ ।

१२२ जनाले मतदान केन्द्र सार्न र १९ जनाले त्रुटि सच्याउन निवेदन दिएका छन् । निर्वाचन आयोगले गत असार १ गतेबाट आसन्न संघ र प्रदेश निर्वाचनको मिति घोषणा नभए सम्मका लागि फोटोसहितको मतदाता नामवली दर्ता खुला गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका