गाउँले न्यूज, ५ वैशाख, काठमाडौं । सरकारले विभिन्न मन्त्रालय सचिव र प्रदेश मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ । वैशाख २ गते बसेको मन्त्रिपरिषद बैठकले सरुवा तथा पदस्थापन गरेको हो
मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कायम मुकायम प्रमुख सचिवमा पदस्थापन, प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गरिएको मन्त्री बास्कोटाले जानकारी दिए
राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई विशिष्ट श्रेणीमा बढुवा गरी प्रदेश नं ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापना गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
केवल भण्डारीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिवमा र स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिवमा पदस्थापन गरिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयमा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र
अतिरिक्त समूहमा रहेका सचिव डा. हरि पौडेल र राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवमा पदस्थापन गरिएको छ ।