सुन्म्यसङ : मुन्दुमको आधार

सुन्म्यसङ : मुन्दुमको आधार

‘सुन्म्यसङ’ खालिङ राईहरुको संस्कृतिको आधार हो । यो मुन्दुमको आधार पनि भन्न सकिन्छ । खालिङ राई समुदायको उद्विकास हुने मिथोलोजिकल विरुवाको नाम नै हो सुन्म्यसङ । किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्य समिति काठमाडौले वि.स. २०६७ साल देखि आफ्नो प्रतिबेदन प्रस्तुत गर्न तथा खालिङ राईहरुको भाषा, संस्कृति, साहित्य तथा इतिहास जस्ता मौखिक परम्परालाई लिखित रुपमा उर्तानको लागि तयार भएको मुखपत्र हो सुन्म्यसङ । विशेषत खालिङ राई समुदायका लेखकहरुको लेखन यात्रा गर्ने पहिलो मार्गको रुपमा पनि स्थापना भएको छ । खालिङ राईहरुमा भएका ज्ञान मुलधारका पत्रपत्रिका तथा प्रज्ञिक जर्नलहरुमा स्थान पाउन निक्कै गाह्रो छ तर त्यस्ता सृजनाहरुका लागि सुन्म्यसङले मूल्य दिन्छ । हरेक पत्रपत्रिकाको आफ्नै बिशेष उदेश्य भए जस्तै सुन्म्यसङको आफ्नै उदेश्य, विशेषता र महत्व छ ।

सुन्म्यसङ, अंक १

विशेषगरी सुन्म्यसङमा खालिङ भाषामा लेखिएका सृजनालाई पहिलो प्रथामिकता दिइए पनि सबै खालिङ राई समुदायका लेखकहरु खालिङ भाषामै अभिव्यक्त गर्न असहज भएकाले खस भाषको सहयोग लिनु पर्ने बाध्यात्मक अबस्था छ । अहिले सुन्म्यसङ तेस्रो आङ्क सम्म प्रकाशनमा आइसकेको छ । मुख्य रुपमा किरात खालिङ राई उत्थान सघंको आफ्नो कार्य प्रगतिको प्रतिवेदन तथा गतिविधि प्रस्तुत गर्ने गर्दछ । खालिङ समुदायसँग सम्बन्धित भाषा, तम्र, संस्कृति, इतिहास तथा साहित्य जस्ता विषयलाई पनि प्राथमिकताका साथ स्थान दिने गरेको छ । समय अनुसार विभिन्न विषमा लेखहरु छापिदै आएको पाइन्छ । पहिलो आङ्कमा जातिय अधिकार तथा पहिचान, खालिङ समुदयका अग्रज व्यत्तित्वहरुको अन्र्तवार्ता, खालिङ भाषा, साहित्य, कला तथा मुन्दुम जस्ता विषयले स्थान पाएको देखिन्छ । सुन्म्यसङ दोश्रो आङ्कमा पनि पहिलो अङ्क जस्तै विषयहरुमा धेरै लेखहरु प्रकाशित भए । सबै लेखहरुको आफ्नौ महत्व छ नै तर पनि खालिङ राईहरु कहिले देखि औपचारिक रुपमा आफ्नो समुदायको हकहितका लागि औपचारिक रुपमा एकिकृत भएर संगठित भए भन्ने विषयलाई छर्लङ हुने लेख राजकुमार खालिङ राई (मरिसलाल) ले लेख्नु भएको छ । यसरी खालिङहरु विविध विषमा दस्ताबेजीकरण गर्ने अवसर सुन्म्यसङले दिएको छ । तेस्रो अङकमा आइपुग्दा धेरै प्राज्ञिक लेखहरुले स्थान पाएको देखिन्छ । जस्ले गर्दा सुन्म्यसङ पनि परिपक्क हुदै आएको देखिन्छ । धेरै लेखहरु प्राङगारिक छन् भने कही लेख चाही पहिलो चोटी दौरासुरुवाल लगाउदा बानेको तुना जस्तै पनि छ । कतिपय ज्ञानहरु एउटै भाषामा मात्र प्रसार हुन कठिन भएका कारण पनि अङ्ग्रेजी माध्यममा समेत छापिएका छन् । त्यसरी छापिदा कतिपय खालिङ राई समुदायका लेखहरु मुलधारका पत्रपत्रिका तथा जर्नलमा स्थान पाउन निक्कै कसी लगाउनु पर्ने भएकोले पनि सुन्म्यसङ अधिकांशका लागि तीर्थ भएको छ ।

सुन्म्यसङ, अंक २

प्रकाशनमा आउने साग्रीरुको आफ्नै नियममा बाधिएर प्रकाशन हुने गर्दछ जसको एउटै उदेश्य राख्छ त्यो प्रकाशन सामग्री सबैले बुझुन् भन्ने हो । त्यसैले प्रत्येक पत्र पत्रिका तथा पुस्तक, जर्नल जस्ता अनुसन्धानमुलक पुस्तक प्रकाशन शैली समान हुन्छन् । हरेक पटक शृङ्खलाबद्ध रुपमा छापिदै आउने पुस्तकहरुमा अझ बढि समरुपता कायम गर्ने गर्दछन् । त्यस्तै सुन्म्यसङ पनि शृङ्खाबद्दरुमा प्रकाशन हुदै आउने खालिङ राईहरुको मुखपत्र हो । जहाँ छापिएका सामाग्रीहरु भोलि कसैका लगि ज्ञानका स्रोत बन्न सक्छ । कतिपय मिथकहरु, अनुन्धानमा आधारित लेखहरु पनि देखियो तर त्यहाँ प्रकाशित केही लेखहरुको कुनै स्रोतहरु खुलाईएको छैन् । यसरी स्रोतहरु नखुलाइएका लेखहरु चोरिको अरोप पनि लाग्छ त्यसैले कम्तिमा पनि मुन्दुका अंशहरु प्रकाशन गर्दा पनि स्रोतव्यत्तिहरु उल्लेख गर्नु अनिवार्य शर्त हो । कतिपय स्रोतहरु नखुलाइएका लेखहरु अन्य ज्ञान सृजनाका लागि सन्र्दभसामाग्री बनाउन कठिन हुन्छ । त्यसैले ज्ञान भनेकै आरुबाट प्राप्त हुदै आएका ज्ञान, सुचन, अनुभव तथा तथ्यहरुका आधारमा नयाँ डिस्कोर्ष जन्माउने भएकाले आउने सुन्म्यसङमा प्रकाशित हुदा कम्तिमा जस्बाटा ती ज्ञानका स्रोतहरु भेटिएको हो प्रस्ट खुलाउन सकिएमा त्यस्ता ज्ञानहरु बढि विश्वसनीय हुनेछन् ।

सुन्म्यसङ, अंक ३

पुस्तक प्रकाशनमा धेरै प्राविधिक कुराहरु पनि छन् । कभर डिजाइनिङ, पेज मेकिङ र अन्य डिजाइनीङ पनि पत्रिकाको मत्वपूर्ण पक्ष हो । त्यसैले सुन्म्यसङले पनि आफ्नै मानाङ्क बनाएर प्रकाशन गर्दै लैजानु पर्ने देखिन्छ । समुदायले आदर्श र दिग्गज मानेका व्यत्तित्वहरुबाट पनि स्वस्फूर्त प्राङगारिक लेखहरु प्रकाशनमा आए मात्र खालिङ राई समृद्ध समुदाय बन्छ अन्यथा चटपटे ज्ञानले समाजलाई कुपोषित गर्नसक्छ र सधै दिर्घ रोगी हुने धेरै सम्भावना छ ।

-जङगबहादुर राई
इतिहास तथा संस्कृतिका अध्येता
माप्य दुधकाेशी गा.पा. १

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका