Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मंगल ग्रहमा मानव बस्ती बसाल्ने लक्ष्य युएईको – Gaule Khabar

मंगल ग्रहमा मानव बस्ती बसाल्ने लक्ष्य युएईको

मंगल ग्रहमा मानव बस्ती बसाल्ने लक्ष्य युएईको

युएई, फागुन ६ –

संयुक्त अरब इमिरेट्स (युएई) ले मंगल ग्रहमा मानव बस्ती बसाल्ने महत्वाकांक्षी योजना तयार पारेको छ ।

युएईका शेख मोहम्मद बिन राशिल अल मखतुमले दुबईमा यसै साता ‘मंगल २११७ परियोजना’ घोषणा गरेका हुन् । यो परियोजना अन्तर्गत आगामी सय वर्षमा मंगल ग्रहमा मानव बस्ती बसाल्ने लक्ष्य राखिएको छ ।

‘मंगल ग्रहमा पुग्नु मानवको दीर्घकालिन सपना बनेको छ,’ उनले भने, ‘युएईले अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्दै यो सपनालाई साकार पारोस् भन्ने हाम्रो लक्ष्य हो ।’ नयाँ परियोजना एउटा बीउजस्तै भएको र यसलाई आफूहरुले रोपेको उल्लेख गर्दै उनले भने, ‘आगामी पिढीले यसको लाभ लिन सक्छन् ।’

१०० वर्षको निर्धारित योजनाअनुसार वैज्ञानिकहरुले शोध गर्नेछन् । त्यसैगरी विश्वविद्यालय तहमा अन्तरिक्ष विज्ञानसम्बन्धी राष्ट्रिय जनशक्ति तयार पारिनेछ । कार्यक्रमले युवा पिढीलाई अन्तरिक्ष क्षेत्रमा रुची बढाउने बताइएको छ ।

अन्तरिक्षमा दुबईको पहिलो अभियान सन् २०२१ मा प्रक्षेपण हुने छ । यसमा सफलता मिलेको खण्डमा अन्तरिक्षमा यो नै अरबको पहिलो अनुसन्धान हुनेछ ।

यो परियोजनामा अन्तर्राष्ट्रिय टिम सामेल हुनुअघि युएईकै वैज्ञानिकहरुले आधार निर्माणको काम गर्नेछन् । शुरुवाती अवधिमा मंगल ग्रहमा भोजन र उर्जाको सम्भावना खोजिने बताइएको छ ।

यसका अतिरिक्त मंगल ग्रहमा पुग्नका लागि सबैभन्दा द्रुत माध्यमका बारेमा पनि अनुसन्धान गरिने भएको छ । – एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका