– सन् २०३० सम्ममा विश्वव्यापी मातृमृत्युदरलाई हरेक एक लाख जीवित जन्ममा ७० भन्दा तल झार्ने ।
– सन् २०३० सम्ममा पाँच वर्षमुनिका रक्षा गर्न सकिने नवजात शिशु तथा बाल मृत्युको अन्त्य गर्ने । सबै देशले प्रतिहजार जीवित जन्ममा नवजात शिशु मृत्युलाई कम्तिमा १२ र ५ वर्षभन्दा मुनिको बालमृत्यु दरलाई कम्तिमा २५ मा सीमित राख्ने ।
– सन् २०३० सम्ममा एड्स, क्षयरोग, मलेरिया तथा अरु उपेक्षित उष्णदेशीय रोग सम्बन्धी माहामारीको अन्त्य गर्ने । हेपाटाइटिस, पानीबाट सर्ने रोगहरु तथा अन्य सरुवा रोगहरुको नियन्त्रण गर्ने ।
– सन् २०३० सम्ममा नसर्ने रोगबाट हुने असामयिक मृत्युदर रोकथाम र उपचारबाट एक तिहाइले कम गर्ने । मानसिक स्वास्थ्य तथा समृद्ध जीवनको प्रवर्धन गर्ने ।
– लागूपदार्थ तथा मादक पदार्थको हानिकारक प्रयोगको रोकथाम तथा उपचारलाई सुदृढ गर्ने ।
– सन् २०२० सम्ममा विश्वभर सडक दुर्घटनाबाट हुने मृत्यु तथा घाइतेहरुको संख्यालाई आधा घटाउने ।
– सन् २०३० सम्ममा यौन तथा प्रजनन्सम्बन्धी स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्नुका साथै परिवार नियोजनको सूचना र शिक्षा तथा प्रजनन् स्वास्थ्यलाई राष्ट्रिय रणनीति र कार्यक्रममा आबद्ध गर्ने ।
– वित्तीय जोखिम सुरक्षा कायम गर्दै, गुणस्तरीय अत्यावश्यक स्वास्थ्य सेवा र सुरक्षित, प्रभावकारी, गुणस्तरीय र उचित मूल्यमा अत्यावश्यक औषधि तथा खोपहरुको उपलब्धता बढाउँदै स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच हासिल गर्ने ।
– सन् २०३० सम्ममा हानिकारक रसायन र हावा, पानी तथा माटोको प्रदूषण र संक्रमणका कारण हुने मृत्यु र बिरामी हुनेहरुको संख्या उल्लेख्य मात्रामा घटाउने ।
– सबै देशमा विश्व स्वास्थ्य संगठनको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी अधिवेशनले तयार पारेको मापदण्ड कार्यान्वयनमा आवश्यकता अनुसार जोड दिने ।
– मुख्यतया विकासोन्मुख देशहरुलाई असर गर्ने, सर्ने तथा नसर्ने रोग विरुद्धका खोप तथा औषधिहरुको अनुसन्धान तथा विकासका लागि सहयोग गर्ने । ट्रिप्स सम्झौता र जनस्वास्थ्य सम्बन्धी दोहा घोषणाको मर्मअनुसार विकासोन्मुख राष्ट्रहरुको जनस्वास्थ्यको संरक्षण गर्न खासगरी औषधिमा सबैको पहुँच बढाउने ।
– विकासोन्मुख देशहरु (विशेषगरी अतिकम विकसित तथा साना टापु भएका विकासोन्मुख देशहरु) मा स्वास्थ्यकर्मीको भर्ना, विकास र प्रशिक्षणमा उल्लेख्य मात्रामा लगानी अभिवृद्धि गर्ने ।
– विकासोन्मुख देशहरुमा आन्तरिक तथा विश्वव्यापी स्वास्थ्य जोखिमको पूर्व चेतावनी, जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धीे क्षमता अभिवृद्धि गर्ने ।
– सन् २०३० सम्ममा सबैका लागि पर्याप्त सरसफाइ र स्वच्छतामा समतामूलक पहुँच हासिल गर्ने । खुला दिसा गर्ने अभ्यासको अन्त्य गर्ने । महिला, बालिका, किशोरी तथा अन्य संकटपूर्ण अवस्थामा रहेकाहरुको आवश्यकतालाई विशेष ध्यान दिने ।
– सन् २०३० सम्ममा प्रदूषण कम गरेर, जताततै फोहोर फ्याँक्ने प्रवृत्ति हटाउने । खतरनाक रसायन एवं अन्य सामाग्रीको न्यूनीकरण गरेर पानीको गुणस्तर सुधार गर्ने । विश्वव्यापी रुपमा प्रशोधन नगरिएको फोहोर पानीको मात्रालाई आधा गर्ने तथा उल्लेख्य मात्रामा प्रशोधन गर्ने र सुरक्षित रुपमा पुनःप्रयोग गर्ने ।
– सन् २०३० सम्ममा पानीको अभावलाई सम्बोधन गर्न तथा पानीको अभाव झेलिरहका जनसंख्या घटाउन सबै क्षेत्रमा पानी उपयोग कुशलता वृद्धि गर्ने र स्वच्छ पानीको दीगो निष्कासन तथा आपूर्ति गर्ने ।
– सन् २०३० सम्ममा भोकमरीको अन्त्य गर्ने तथा सबै नागरिक खासगरी शिशु लगायत गरिब र जोखिमपूर्ण स्थितिमा रहेकाहरुलाई वर्षभरि नै सुरक्षित, पौष्टिक र पर्याप्त खाद्यको पहुँच सुनिश्चित गर्ने ।
– सन् २०३० सम्ममा सबैखाले कुपोषणको अन्त्य गर्ने । सन् २०२५ सम्म पाँच वर्षमुनिका बालबालिकामा तौल कम हुने र दुब्लो–पातलो हुने रोगसम्बन्धी अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्ने । किशोरी, गर्भवती र सुत्केरी महिला र वृद्धवृद्धाहरुको पोषणसम्बन्धी आवश्यकता सम्बोधन गर्ने ।
– मानव बेचबिखन र यौन शोषणसहित सार्वजनिक र निजी क्षेत्रमा महिला, बालिका र किशोरीमाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने ।
– बालविवाह, जबर्जस्ती विवाह तथा अन्य घातक प्रचलनहरुको उन्मूलन गर्ने ।
– जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र बेइजिङ कार्ययोजना तथा तिनका समीक्षा भेलाका निष्कर्ष र त्यससम्बन्धी दस्ताबेज बमोजिम यौन र प्रजनन् स्वास्थ्यको विश्वव्यापी पहुँच सुनिश्चित गर्ने ।
– विश्व व्यापार संगठनको सम्झौता अनुसार विकासोन्मुख देशहरु खासगरी अतिकम विकसित देशहरुमा विशेष र सहुलियत उपचारको सिद्धान्त लागू गर्ने ।
– वायुको गुणस्तर, घरेलु र अन्य फोहोरमैला व्यवस्थापनमा विशेष ध्यान दिँदै सन् २०३० सम्ममा सहरको प्रतिव्यक्ति वातावरणीय प्रतिकुल प्रभावलाई न्यून गर्ने ।
– सन् २०३० सम्ममा विशेष गरी महिला, बालबालिका, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि सुरक्षित, समावेशी र पहुँचयोग्य हरित तथा सार्वजनिक खुल्ला ठाउँहरू सर्वसुलभ गर्ने ।
– सन् २०२० सम्ममा रसायन र तिनीहरुको जीवन चक्रभरिको सबै फोहोरको वातावरणीय व्यवस्थापन गर्ने । सहमति अनुसारको अन्तर्राष्ट्रिय रुपरेखा अनुसार हावा, माटो वा पानीमा रसायनिक फोहोरलाई छोड्ने काम तथा मानसिक स्वास्थ र वातावरणमा पर्ने प्रतिकुल प्रभाव कम गर्ने ।