Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्ववियु सभापति को कहाँ ? अधिकांश नेता विदेश पलायन – Gaule Khabar

स्ववियु सभापति को कहाँ ? अधिकांश नेता विदेश पलायन

स्ववियु सभापति को कहाँ ? अधिकांश नेता विदेश पलायन

दिपेन्द्र अधिकारी

चितवन,फागुन ३- सानो संसदको रुपमा समेत व्याख्या गरिने स्वतन्त्र विद्यार्थी यूनियन स्ववियुको चुनाव नजिकिँदै छ । चुनाव नजिक आउँदै गर्दा राजनीतिक दलका विद्यार्थी संगठनहरु अनेक बहाना बनाइ चुनाव नगर्ने नगराउने चलखेलमा पनि छन् । खासगरी उमेर हद ९२८ वर्ष० निर्धारण हुँदा विद्यार्थी राजनीति गरेकाहरु प्रभावित बनेका छन् । कतिपय क्याम्पसमा भर्नाको विषय मुख्य रुपमा उठेको छ ।
आठ वर्षअघि भएको स्ववियु चुनावमा चितवनमा १३ वटा क्याम्पसमा चुनाव भएकोमा तत्कालीन एनेकपा माआवादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियु मिलेर चुनावमा गएका थिए । त्यस समयमा अनेरास्ववियुले ४ र अखिल क्रान्तिकारीले ९ वटा क्याम्पसमा भागबण्डा मिलाएका थिए ।
उक्त चुनावलाई नेविसंघले बहिस्कार गरेको थियो । बदलिँदो राष्ट्रिय राजनीतिसँगै अहिले जिल्लामा विद्यार्थी राजनीतिको तालमेलको चर्चा हुन थालेको छ ।
२०६५ सालमा सम्पन्न स्वववियु चुनावबाट विद्यार्थीहरुको नेता ९स्ववियु सभापति० बनेका अहिले न विद्यार्थी छन् न त नेता नै । अधकांश विदेश पलायन भएका छन् । ‘म नियमित विद्यार्थी राजनीतिमा छु, अनेरास्ववियुबाट मैयादेवी क्याम्पस भरतपुरकी सभापति बनेकी निशा अधिकारीले भनिन्,‘नियमित राजनीतिमा सक्रिय हुनेछु ।’ उनी अहिले अनेरास्ववियुकै स्थायी कमिटी सदस्य हुन् ।
बालकुमारी कलेजका अखिल क्रान्तिकारीका तत्कालीन सभापति रुद्र भट्टराई हाल विप्लव माओवादी निकट विद्यार्थीको ताम्सालिङ क्षेत्र इन्चार्ज छन् । केही सभापति भने शिक्षण पेसामा छन् । यस पटक बुद्ध शान्ति, पञ्चकन्या, अन्नपूर्ण बहुमुखी क्याम्पसमा स्ववियू चुनाव हुने विद्यार्थी नेताहरु बताउँछन् । विश्वविद्यालयको निर्वाचन तालिका अनुसार आफूहरु अघि बढ्न चाहेको अनेरास्ववियुका जिल्ला अध्यक्ष देवप्रसाद पाठकले बताए । अघिल्लो पटक चुनाव हुँदा अखिल क्रान्तिकारीसँग मिलेर अघि बढेकोमा यस पटक अन्य संगठनसँग मिल्ने वा एक्लै लड्ने भन्ने बारे छलफल भइनसकेको अध्यक्ष पाठकले बताए । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वसन्त आचार्यले विद्यार्थी संगठनबीचको सहमतिपछि मात्रै सबै समस्या समाधान हुने बताए । साथै उनले यस पटक अन्य संगठनसँग मिलेर जाने वा एक्लै लड्ने भन्ने बारे कुनै निर्णय नभएको बताए ।
नेविसंघ जिल्ला सभापति सूर्य ढकालले तालिका फेरबदल भए पनि तोकिएकै मितिमा चुनाव हुनुपर्ने बताए । साथै उनले नेविसंघले आज मंगलबार चितवनका चार क्याम्पसमार्फत कुलपतिलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको समेत जानकारी गराए ।
विगतको निर्वाचन परिणामलाई विश्लेषण गर्ने हो भने एमाले समर्थित अनेरास्ववियु पहिलो, कांग्रेस समर्थित नेविसंघ दोस्रो र माओवादी समर्थित अखित क्रान्तिकारी तेस्रो स्थानमा थिए । ८ वर्ष पहिलेको यो शक्ति सन्तुलन यसपटक फेरबदल हुने स्थिति छ ।
अघिल्लो स्ववियु निर्वाचनको आँकडा हेर्ने हो भने ६० वटा आंगिक क्याम्पसमध्ये एमाले सम्बद्ध अनेरास्ववियुले २६ वटामा आफ्नो वर्चश्व कायम गरेको थियो । त्यस्तै कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघले १८ र माओवादी निकट अखिल क्रान्तिकारीले १५ क्याम्पस जितेको थियो ।
विसं ०६५ को स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी उदयमान शक्ति थियो । यसबीचमा माओवादी पार्टी फुटेर कम्तीमा चार पार्टीमा विभाजित भएको अवस्था छ । मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दले यसबीचमा अलग अलग विद्यार्थी संगठन बनाइसकेका छन् । मधेसका क्याम्पसमा यसबीचमा मधेसवादी दलका विद्यार्थी संगठनहरुको प्रभाव बढेको छ ।
६० आंगिक क्याम्पसमा १ लाख मतदाताले भाग लिने छन् । यो चुनावले राजनीतिक दलहरुको मत सर्वेक्षणमा सघाउनेछ । यसपटकको स्ववियु निर्वाचनको अर्को विशेषता के हो भने, यसपटकको निर्वाचनमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुमात्र सहभागी हुनेछन् । यो भनेको स्थानीय र आम निर्वाचनमा मतदान गर्न योग्य युवा अभिमत हुनेछ ।
यसैबीच विद्यार्थी संगठनहरुले स्ववियु चुनाव तोकिएकै मितिमा हुनुपर्ने भन्दै विज्ञप्ति जारी गरेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र प्राज्ञिक विद्यार्थी परिषद्ले संयुक्त रुपमा हस्ताक्षर गरी विज्ञप्ति जारी गरेको अनेरास्ववियु वीरेन्द्र क्याम्पस अध्यक्ष लीलाराम पौडेलले जानकारी दिए । साथै आफूहरुले क्याम्पस प्रशासनलाई १२ घण्टे अल्टिमेटमसहित विज्ञप्ति दिएको अध्यक्ष पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका