नर्सको न ज्यान सुरक्षित, न जागिर! कसरी दिने सेवा?

नर्सको न ज्यान सुरक्षित, न जागिर! कसरी दिने सेवा?

प्रतिमा खत्री, नर्स

माघ २६ –
नारायणी उपक्षेत्रीय अस्पतालबाट बच्चा चोरी भएको घटना सेलाएको छैन। नेपाल प्रहरी, स्थानीय र सम्पूर्ण सरोकारवालाहरुको सहयोग र होसियारीले ४८ घण्टा भित्रमा बच्चा भेटियो। जो आफैंमा एउटा उदाहरण साबित पनि भएको छ। घटनाले समाजमा र त्यसमा सम्मिलित तथा त्यस क्षेत्रमा काम गर्नेहरुमा सकारात्मक एवम् नकारात्मक छाप छोडिरहेको छ। यही घटनामा उक्त अस्पतालमा कार्यरत नर्सहरुले भोगेका पीडा नर्स हेमा थापाको ‘बच्चा चोरिएपछि निशानामा परेका नर्सको ब्यथा’ शीर्षकमा लेखिएको पनि छ।

जब–जब यो घटना सम्बन्धित समाचार पढ्दै जान्छु, खहरेमा उर्लेको भेलझै मनमा डरको भेल उर्लिरहेको हुन्छ। यस घटनाको अप्रत्यक्ष असर मलाई पनि परेको छ। सायद सबै नर्सहरुलाई परिररहेको छ। ८ वर्ष एक ‘नर्स मिडवाफ’को भूमिकामा आफ्नो जीवनको अमूल्य र ऊर्जावान समय ब्यतित गरेकी थिएँ, प्रसूति कक्षमा। यही क्षेत्रसँग सम्बन्धित समाचार कारण म अझ बढी संवदेनशिल भएँ। बढी चासो लिएँ।

मन हल्का पार्न एउटा अनुभव सुनाउन मन लाग्यो। कुरा त्यस्तै दुई वर्षअघिको हो। रात्रीकालिन सेवामा थिएँ म। रातको दुई बजेको थियो। अपरेसन गरेर जन्मेको बच्चा र आमा दुवैलाई प्रसूति कक्षको पोस्टअपरेटिभ वार्डमा सार्न एकजना सहयोगी दिदीसँग गएर बिरामी कुरुवा बोलायौं। बिरामी कुरुवा आउनु भएन, प्रसूति वार्डकी बहिनीले बिरामी कुरुवा औषधी किन्न गएको जानकारी गराइन्। हामी मिलेर आमालाई बेडमा सार्यौं। आमालाई बेडमा सारिसकेका मात्रा थियौं। एक जना केटी मान्छे आएर पोस्टअपरेटिभ वार्डको ढोकामा आएर यस्तो भनिन्, ‘हाम्रो बच्चा के भयो ? कस्तो छ ? कति केजीको छ ? स्वस्थ त छ ? हाम्रो बच्चा हाम्लाई दिनुहुन्न ? दिनु न सिस्टररु कस्तो हतार भइसक्यो। कस्तो हेर्न मन लाग्यो।’

ती केटी मान्छे यसरी बोलिरहेकी थिइन् कि सुन्ने जोकोहीलाई ‘नर्सहरुले किन ढिला गरेका होलान् खुरुक्क बच्चा उनलाई दिए हुने नि’ भन्ने लाग्थ्यो। उनमा जागेको उत्कुसकता, छचल्किएको खुशी स्वभाविक लाग्यो मलाई। बच्चालाई न्यानो पारी बल्यान्केटमा बेरेर उनलाई दिएँ। ‘बच्चा लाई न्यानो पार्नुपर्छ। दुई–दुई घन्टामा आमाको दुध खुवाउनुपर्छ भन्दै भनें र उनलाई सोधें, ‘अब तपाईं के बन्नु भयो त ?’ उनले आफू दिदी भएको बताइन्। मैले दिन पाएको छैन उनी बच्चा लिएर गेटतिर लागिन् सँगै एकजना केटा मान्छे थिए।

यही बेला दिमागले काम गर्‍यो। लाग्यो, यीनका भिजिटर त एउटा मात्रै थिए। अघि सुप मगाउँदा नि देखेको जस्तो लाग्दैन यीनलाई। उनीहरु त रातिको समय ढोकातिर लागेको देख्दा शंका लाग्यो। मैले तुरुन्तै बच्चाकी आमालाई ढोकामा बोलाएर उहाँलाई चिन्नुहुन्छरु भनेरे सोधें। उहाँले ‘चिन्दिनँ’ भनेपछि मैले बच्चा जबरजस्ति फिर्ता लिएँ। तर, मैले यतिबेला घटेको घटना जसरी सोचिनँ। उहाँले नचिनेपनि आफन्त नै होलान् भन्ने लाग्यो। तर, जिम्मा लगाइनँ। उहाँको श्रीमान् आएपछि उहाँकै हातमा दिने गरी उनीहरुलाई बाहिर बस्न भनें।

म प्रसूति वार्डबाट निस्केर आफ्नो वार्ड तिर जाँदै गर्दा उनीहरु अघि–अघि थिए । उनीहरु भन्दै थिए, ‘बाठी रहिछ नर्स बच्चा मागिहाली। अलिकति ढिलो भयो आज पनि।’ म फनक्क फर्केर गएँ प्रसुती वार्डमै। ड्युटीमा भएको बहिनिलाई कुरुवा चिनेर मात्र बच्चा दिनू भनेर सुझाएँ।

बिहान सिनियर दिदिहरुलाई घटनाको बेलिबिस्तार लगाउँदा झन् डर लागेर आयो। ‘थ्याङ्क गड’ अन्यथा हुनबाट जोगाइयो। वीरगञ्जमा घटेको घटनाले त्यो रात सम्झाइदियो। त्यो दिन बच्चा हराएको भए ? दोषी को हुन्थ्यो ? सयाद जागिरै जान्थ्यो मेरो । अरु जेकसुकै भएपनि, दोषी जो ठहरिए पनि म आफूले आफैंलाई कहिल्यै माफ गर्न सक्ने थिइनँ । त्यो घटना फेरि सम्झिँदा पनि मन चिसो भएर आइरहेको छ ।

नारायणीमा बच्चा चोरिएको घटनाबाट मनोबलमा कमजोर बनेका नर्सका तर्फबाट हेमाको प्रश्न छ, ‘सेवाको बदला अपमान दिनु न्यायोचित छ ? यदी यही नै ठीक व्यवहार हो बन्ने लाग्छ भने समाजका मान्छेहरुको संवेदना मर्यो भनेर बुझ्दा हुने भो। संवेदनहिन भएर कसरी बाँचिरहनु भएको छ ?’ उनका प्रश्नले गहिरो अर्थ राख्छन्।

यी उनका निजी प्रश्न होइनन्, उनको आवाजबाट हरेक नर्सले गरेका प्रश्न हुन् । आफू संवेदनाहिन हुने, समाज संवेदनाहिन हुने अनि त्यही समाजमा हुर्किएका हामी नर्सबाट कसरी संवेदनाको आशा गर्नुहुन्छ तपाईंरु यो मेरो प्रश्न हो । तर, यसको अर्थ हामीमा संवेदना छैन भनेको होइन।

तपाईंसँग नभएपनि हामीसँग संवेदना बाँकी छ र अस्पतालमा तपाईंहरुले सेवा पाइरहनुभएको छ। साँच्चै नर्सहरु पनि तपाईं जस्तै भए भनेरु बिरामी भएर निरीह अवस्थामा बेडमा पल्टिरहेका बेला तपाईंहरुको हालत के होलारु प्रसव बेदनाले छटपटाइरहेकी आमाको अवस्था के होलारु बाह्य वतावरणसँग जुध्न नजानेको त्यो नवजात शिशुको भविष्य के होलारु यी मेरा प्रश्नहरु समाजलाई।

हामी सधैं गुणस्तरीय स्वास्थ्य सेवा भनेर गफ गर्छौं । एक जनाको सोच र कामले वा भनौं एक पक्षको कामले मात्रै चामत्कारिक परिवर्तन आउँदैन। सेवामा ल्याउने गुणस्तर खोज्ने हो भने हरेक एक ब्यक्ति, परिवार, पेशाकर्मी, प्रशासन, स्थानीयका साथै राष्ट्रका नियम, कानुन र बिद्यमान संकारमा हुर्किएकाहरु सबैको सोचमा परिवर्तन आउनुपर्छ।

सबैले आफूलाई सुधार्न जरुरी छ। सेवा सुधारमा सबैको हातेमालो हुन जरुरी छ। कुनै पनि व्यक्ति जन्मदै निपूर्ण हुँदैन, हामी हुर्केको वातावरणले ठूलो भूमिका निभाउँछ। त्यसैले नर्सिङ सेवालाई गुणस्तरीय बनाउन हामी सबैको भूमिका अनिवार्य छ। नर्सिङ पढेर विदेसिन्छु भन्ने संस्कार हाबी भाइरहेको ठाउँमा देशमै केही गर्छु भन्नेहरुको मनोबल गिराउने काम किन गर्छ समाजरु

एकचोटि सोचौं त जब ज्यान सुरक्षित छैन, जागिर सुरक्षित छैन भने कसरी दिन सकिएला गुणस्तरीय सेवा ? म त सक्दिनँ, यस्तो अवस्थामा के तपाईं सक्नुहुन्छ ? – स्वास्थ्य खबरपत्रिकाबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका