Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुपर जोन क्षेत्रमा यान्त्रिकीकरण, कृषक उत्साहित – Gaule Khabar

सुपर जोन क्षेत्रमा यान्त्रिकीकरण, कृषक उत्साहित

सुपर जोन क्षेत्रमा यान्त्रिकीकरण, कृषक उत्साहित

भद्रपुर, माघ २२ –

धानका लागि ‘सुपर जोन’ घोषणा भएको झापाको पूर्वी–दक्षिणी गाविसमा एकपछि अर्को कृषि यान्त्रिकीकरण भित्रिएपछि स्थानीय जनता उत्साहित बनेका छन् ।

ट्याक्टरले खेत जोत्नेदेखि धान रोप्ने, धान काट्ने, थ्रेसरले धान दाउनी गर्ने यन्त्रसँगसँगै सो क्षेत्रमा अहिले शून्य जोताई धानखेती प्रविधि र खेतको सतहलाई एकनास बनाउने लेजर ल्यान्ड लेभलर मेसिन आएका कारण सो क्षेत्रका कृषक उत्साहित बनेका हुन् ।

शून्य जोताई धानखेती प्रविधि मेसिनबिना जोतखन गरी खेतमा मेसिनबाटै बीउ, मल छरी धान फलाउने प्रविधि हो भने लेजर ल्यान्ड लेभलर यन्त्रले खेतको सतह मिलाइ धान रोप्न वा बाली लगाउन सरल बनाउने प्रविधि हो ।

यो प्रविधिले धान तथा बालीनाली लगाउन मद्दत पुग्नुका साथै गोडमेल गर्न पनि सजिलो हुने र सिँचाइका लागि पनि पर्याप्त पानी नभए पनि हुने प्रविधि हो ।

प्रयोगको रुपमा पथरिया गाविसमा मेखराज भट्टराईको पाँच कठ्ठाका खेतमा शून्य जोताई धानखेती प्रविधि सुरु गरिएको सुपर जोन कार्यालयका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले बताउनुभयो ।

क्षेत्रीय अनुसन्धान केन्द्र तरहराबाट ल्याइएको सो मेसिन प्रयोग गर्दा कृषकलाई बीउ, मल, प्रविधि सबै निःशुल्क दिइएको र यसबाट राम्रो उत्पादन भए अन्य कृषकलाई पनि समाहित गर्न मद्दत पुग्ने वरिष्ठ कृषि अधिकृत तिमल्सेनाको भनाइ छ ।

यसैगरी, खेतको सतह एकनासको नभएको र खाल्डाखुल्डी धेरै भएका कारण पथरिया गाविसकै अमरावती कृषि सहकारीको मातहतमा रहेको १० बिगाहा खेतलाई लेजर ल्यान्ड लेभलर मेसिनबाट सतह मिलाइएका देखिएपछि खुसी भएका सहकारीका अध्यक्ष गेहनाथ अधिकारीले भन्नुभयो – “अब कृषिमा परिवर्तन आउने र यसैबाट युवालाई कृषिमा आकर्षित गराउन सकिन्छ ।”

सुपर जोन घोषणा भएको यो क्षेत्रमा भरपर्दो सिँचाइ सुविधा नभएका कारण बाह्रैमहिना खेती गर्न कठिनाइ भइरहेको बनियानीका कृषक जयबहादुर कार्की, तेजलाल राजवंशी, हरि घिमिरे, नरबहादुर कार्की र मीरा नेपालको भनाइ छ ।

वर्षाको समयमा खेती गर्न पानीको त्यति कठिनाइ नभए पनि भरपर्दो ंिसँचाइ व्यवस्था भएमा हजाराँै बिगाहा बाँझो रहने जमिनमा धान, मकै, गहुँ र तोरी लगाउन र तरकारीखेती गर्न सजिलो हुने उहाँहरु बताउनुहुन्छ ।

त्यस क्षेत्रका अन्नपूर्ण पैनी, ठेक्का टोली पैनी र भुतेनी खोलाबाट पानी ल्याई सिँचाइको प्रवन्ध गरिदिनुपर्ने उहाँहरुको माग छ ।

अहिले कृषकले आफ्नै लगानीमा खेतमा लगभग रु ५० हजार खर्च गरेर बोरिङ्ग गरी सिँचाइ गरिरहेको छन् । भरपर्दो सिँचाइको व्यवस्था भएमा आफूहरुको हौसला बढ्ने र सरकारले घोषणा गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपर जोन पनि सफल हुने विश्वास उहाँहरु व्यक्त गर्नुहुन्छ ।

सुपर जोन क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले पनि त्यस क्षेत्रका सम्भावित खोला, पैनी र नदीको अध्ययन गरिरहेको र निकट भविष्यमै त्सस क्षेत्रमा सिँचाइका योजना सञ्चालन गरिने सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका