Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बिजुलीको खम्बामा विज्ञापन टाँस्ने पक्राउ – Gaule Khabar

बिजुलीको खम्बामा विज्ञापन टाँस्ने पक्राउ

बिजुलीको खम्बामा विज्ञापन टाँस्ने पक्राउ

काठमाडौँ, माघ २०–

बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई काठमाडौँ महानगरपालिकाले आज पक्राउ गरेको छ ।

कामपा, राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार नगर प्रहरीको टोलीले स्थानीय माइतीघर, सर्वोच्च अदालत अगाडि हुँदै पुतली सडक क्षेत्रसम्मका बिजुलीका खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित कोरियाली भाषा पाठशालाका सञ्चालक दीपक राउत र डिफेन्स क्यारियर एकेडेमीका सञ्चालक प्रमोद ढुङ्गाना हुन् । सादा पोसाकमा खटिएका महानगरीय प्रहरीले तिनलाई पक्राउ गरेको थियो ।

दुवै कम्पनीलाई टाँसिएको विज्ञापन निकाल्न लगाई रु १५ हजार जरिवाना गराउने तयारी कामपाले गरेको छ । उहाँले भन्नुभयो, “राजस्व नतिरी गैरकानुनी रुपमा विज्ञापन गर्ने र सहरको सुन्दरतासमेत बिगार्ने गरी गरिएका विज्ञापनदातालाई अब फोहरमैला व्यवस्थापन ऐन, २०६८ को प्रावधानअनुसार कारबाहीको दायरामा ल्याउने काम सुरु भएको छ ।”

विसं २०७२ मा सर्वोच्च अदालतले पनि सार्वजनिक स्थानमा सुन्दरता बिगार्ने गरी विज्ञापन टाँस्न नदिन आदेश गरिसकेकाले आदेश विपरीतको काम कुनै पनि हालतमा गर्न नदिने अठोट कामपाले गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ