चितवन, माघ २०–
जीवनज्योती मिनरल वाटर एण्ड वेभरेज प्रा.ली.ले चितवनमा नै पहिलो पटक बोटल वाटर उत्पादनका लागि स्वचालित मेसिन भित्राएको छ ।
हाइल्याण्ड ड्रप मिनरल वाटर उत्पादन गर्दै आएको उद्योगले उपभोक्ताको हितको ख्याल गर्दै पानीको शुद्धता र गुणस्तरीयता कायम राख्न मेसीन भित्राएको उद्योगका प्रबन्ध निर्देशक नवराज खनियाँले बताए । अत्याधुनिक अटोमेटिक बोटल वासिङ, फिलिङ एण्ड क्यापिङ मेसिनले प्रसोधित पानीको गुणस्तरीयतालाई थप विश्वसनिय बनाउने उनले दावी गरे । स्वचालित मेसीनले तिन चरणमा काम गर्दछ । मेसिनले सुरुमा वोटल सफल गर्दछ त्यसपछि निश्चित परिमाणमा पानी भरेपछि क्याप लगाएर बाहिर पठाउंने गर्दछ ।
यस प्रक्रियामा मेसिनले चार जना कामदारको काम सहज र सरल ढङगमा पुरा गर्ने प्रबन्ध निर्देशक खनियाँले बताए । २२ लाखको लगानीमा ल्याइएको मेसिन प्रति घण्टा दुइ हजार ४ सय लिटर पानी उत्पादन गर्ने क्षमताको भएको खनियाँले जानकारी दिए । दुषित पानी विभिन्न रोगको संक्रमणको जड भएकाले पानी उत्पादनमा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । जीवनमा अत्यावश्यक खाने पानी उत्पादन गर्ने उद्योगहरु यसतर्फ संवेदनशील हुन जरुरी रहेको बोटल वाटर उद्योग संघ चितवनका निर्देशक समेत रहेका खनियाँले बताए ।
पानीको शुद्धता संगै प्राथमिकतामा राखेको जीवनज्योती मिनरल वाटर एण्ड वेभरेज प्रा.लीले यसअघि पनि सेमि अटोमेटिक मेसिनको प्रयोग गरी पानी उत्पादन गर्दै आएको म्यानेजर रोशन गुरुङले जानकारी दिए ।
चितवन, मकवानपुर, नवलपरासी, तनहुँ जिल्लामा खपत हुने गरेको बजार शाखाका मनोज केसीले बताए । २०६९ सालदेखि बोटल पानी उत्पादन गर्दै आएको उद्योग बोटल वाटर उद्योग संघ चितवनमा २० जना कामदार कार्यरत छन् ।