Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधन कुनै हालतमा हुन्न: नेपाल – Gaule Khabar

संविधान संशोधन कुनै हालतमा हुन्न: नेपाल

संविधान संशोधन कुनै हालतमा हुन्न: नेपाल

पोखरा, माघ १०-

एमाले वरिष्ठ नेता माधव नेपालले सत्तापक्षकै सांसद विपक्षमा रहेकाले संविधान संशोधन नहुने बताएका छन् । एकातिर एमालेसँग संशोधन हुन नदिनकालागि प्रयाप्त अर्थात् एकतिहाई मत रहेको र त्यहीमाथि दुई तिहाई छ भन्ने सत्ताधारीमा अनेकता रहेकाले संशोधन नहुने उनको भनाइ थियो ।

‘सत्तासीन पार्टीका कतिपय सांसदहरुमा देशभक्तिको भावना छ । देशलाई माया गर्नुहुन्छ र ५ नम्बर प्रदेशका जनताप्रति बफादार पनि हुनुहुन्छ,’ प्रेस चौतारीको भेटमा सोमबार नेपालले भने, ‘संशोधनको पक्षमा मत बढ्ने नभई विपक्षमा जाने अवस्था विद्यमान छ ।सरकारलाई समर्थन गरेकै पार्टीबाट मन्त्री थपिएको भन्दै उनले यो नौलो घटना नभएको बताए ।

 संविधान संशोधनको विपक्षमा उभिएका सत्ताधारी दलका सांसदलाई देश जोगाउने काममा अन्तिमसम्म लागिरहन आग्रह गरे । कुनै कुराको लोभ, प्रलोभन, त्रास, आतंकबाट प्रभावित नभई राष्टिय हित, भौगोलिक अखण्डता र स्वभिमानको पक्षमा दरो गरी उभिने अडान लिनुपर्ने उनले बताए ।

अमेरिकाजस्तो देशमा त देशभक्तिको भावना हुनुपर्छ र एकअर्कामा खोज्नु पर्नेर्छ भन्ने कुरा आइरहेको भन्दै उनले नेपालजस्तो मुलुकमा झन् धेरै देशभक्तिको आवश्यकता रहेको बताए । पार्टीको नेता, कार्यकर्ता, जनता, कर्मचारी, अधिकारीलगायत सबै निकायका व्यक्तिमा देशभक्तिको खोजी गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, कम्युनिष्ट पाटी भनिने माओवादी केन्द्र, कांगेस रबहादुरसभापति शे देउवा, कांग्रेस र मधेसवादी दलभित्र देशभक्तिको भावना खोजी गर्नुपर्ने बताए । कांग्रेसले राष्ट्रियताका कुरा गरे पनि देशभक्तिमा कमजोर हो की भन्ने जनमानसमा परेको भन्दै उनले कांग्रेस कस्तो पार्टी हो कुराले होइन कामका आधारमा मूल्यांकन गर्नुपर्ने बेला आएको बताए ।

संविधानले प्रयाप्त अधिकार दिएको भन्दै उनले अब त्यसको उपभोग गर्ने वातावरण र कर्तव्यको पालना गर्ने नया परिवेश निमार्णको आवश्यकता रहेको औंल्याए । स्थानीय तहदेखि तीनै प्रकारको निर्वाचनलेमात्रै संविधानको कार्यान्वयन हुने उनले बताए । ‘निर्वाचनलेमात्रै देशलाई अघि बढाएर लैजान सकिन्छ । सबै प्रकारका संवैधानिक संकटको समाधान र राजीनितिक शुन्यताबाट जोगाउन सकिन्छ,’ उनले भने, ‘तोकिएको सीमाभित्रै निर्वाचन गर्नुपर्छ ।’

आगामी माघ ७ भित्रै सबै तहको निर्वाचन सकेर नयाँ राजनीतिक संरचना क्रियाशील बनाउनु पर्नेमा समय बढाएर निर्वाचन पर धकेल्ने गलत नियतमा सरकार देखिएको उनले आरोप लगाए ।निर्वाचन कानुन ल्याउन नसक्ने सरकार अयोग्य र नालायक रहेको उनको टिप्पणी थियो । अलोकप्रियता, घट्दो जनाधार, राजनीतिक भविष्य ओझेलमा पर्ने देखिएपछि सत्तासिन पार्टी जनतामा जान डराएको उनको भनाइ थियो ।

संविधान विरुद्धका कुनै पनि षडयन्त्र सफल नहुने दाबी गरे । दुईचार अपवादबाहेक नेपाली सांसद पैसामा बिक्दैनन भन्दै उनले अहिले पनि पैसा बोकेर हिँडेको उनले दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका