प्रकाश सिग्देल,
चितवन,माघ २० –
जिल्ला प्रर्शासन कार्यालय चितवनले सुईकृति बिना किल्निक सन्चालन गरेको भन्दै ६ जना लाई नियन्त्रणमा लिएको छ ।भरतपुरको अनमोल आरोग्य केन्द्र बाट डा.रिमा कर्ण, रमा पौडेल र बबिता ढकाल लाई नियन्त्रणमा लिएको छ भने नारायणगढको बेलचोकमा रहेको अनमोल उपचार सेवा केन्द्र बाट डा. अमित सहनी,हेमलाल बराल र अनिल गिरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माले बताउनु भयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत लक्ष्मी महतो, उपभोक्ता अधिकार संरक्षण मन्चका उपाध्यक्ष बिष्णु भुसाल, सचिव प्रकाश सिग्देल, प्रहरी सहायक निरिक्षक जितेन्द्र घामी लगायतको टोलीले गरेको स्वास्थ्य क्षेत्रको अनुगमनका क्रममा उनिहरुले कानुन बिपरित काम गरेको पाईएकाले उनिहरुलाई नियन्त्रणमा लिएको शर्माले बताउनु भयो । अनुगमनका क्रममा भरतपुरको अनमोल आरोग्य केन्द्र बाट २ कार्टुन भ्याद नागेको औषधी फेला पारेको र बेलचोकमा रहेको अनमोल उपचार सेवा केन्द्रबाट ५ कार्टुन फेला परेको उहा बताउनु हुन्छ । स्वास्थ्य उपचारका नाममा म्याद नाघेका औषधी बिक्री गरी जनताको स्वास्थ्यमा चरम खेलवाड गरेको पाईएकाले उनिहरुबिरुद्ध कानुनी कारबाहि गर्न चितवन प्रशासनले कुनै कसुर बाकि नराख्ने शर्मा बताउनु हुन्छ ।
त्यस्तै टोलीले नारायणगढको बैदिक आयुबेदिक औषधालयलाई बन्द गर्न निर्देशन दिएको छ । प्रक्रिया पुरा नगरी सन्चालन भएको पाईएकाले तिन दिन भित्र बन्द गर्न आफुहरुले निर्देशन दिएको जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मी महतोले बताउनु भयो । त्यस्तै आफुहरुले जिल्लाका सबै अस्पतालहरुमा मुल्य सुचि टास गर्न निर्देशन दिएको उहा बताउनु हुन्छ ।
अस्पतालमा मुल्य सुचि नहुदा अस्पताल जाने सर्वसाधारणहरु ठगिने र सेवा सुबिधाका बारेमा अनबिज्ञरहने हुदा सबैले देख्ने र बुझने गरी मुल्य टास गर्न अस्पतालहरुलाई भनेको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माले बताउनु भयो।
अस्पतालहरुले मान्छे अनुसारको ब्यवहार र सुल्क लिने गरेको गुनासाहरु अधिक आउन थालेकाले अस्पतालको सेवा सुबिधा र मुल्यको बिषयमा सवैलाई जानकारी दिन र बिरामी ठगिन बाट जोगाउनका लागी मुल्य सुची अनिवार्य भएको उहा बताउनु हुन्छ ।
टोलिले अनुगमनका क्रममा भरतपुरको जिल्ला अस्पतालको निरिक्षण गरेको छ । निरिक्षण पस्चात अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रुद्र मरासेनी लाई भेटी बिशेषज्ञ डाक्टरको सेवा प्रभावकारी बनाउन र बिरामीलाई मनोसामाजिक परामर्श दिदै प्रभावकारी उपचार गर्न भनेको छ ।
सो अवसरमा बोल्दै डा.मरासेनीले अस्पतालमा देखीएका कमीकमजोरी हरु सुधार्दै अगाढी बढने बताउनु भयो ।
त्यस्तै टोलीले भरतपुर सामुदायीक अस्पतालको सेवा सुबिधाका बारेमा जानकारी लिएको छ । त्यस्तै जिल्लामा सन्चालनमा रहेका आधा दर्जन आर्युबेधिक र होमियोप्याथिक किल्निकहरुको पनि अनुगमन गरेको छ ।
जिल्लामा सन्चालनमा रहेका सबै स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याई जनतामा प्रभावकारी उपचार प्रर्दान गर्न आफुहरुले अस्पतालहरुलाई निर्देशन दिएको र त्यसमा आलटाल भए कारबाही गरिने अधिकृत महतो बताउनु हुन्छ ।