Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चार दिनमा काठमाडौं ओर्लिँदैछन् दुई चिनियाँ जहाज – Gaule Khabar

चार दिनमा काठमाडौं ओर्लिँदैछन् दुई चिनियाँ जहाज

चार दिनमा काठमाडौं ओर्लिँदैछन् दुई चिनियाँ जहाज

काठमान्डौं, माघ ११-

नेपाल वायुसेवा निगमले आगामी शनिबारसम्ममा सहुलियत दरका दुर्इ चिनियाँ जहाज ल्याउने भएकाे छ। आगामी बिहीबार एउटा र शनिबार अर्को जाहाज ल्याउने तयारी भएको निगमका सह-प्रवक्ता शैलेश कंसाकारले जानकारी दिए।

‘जनावरी २६ मा एउटा र २८ मा अर्को गरी गरी दुर्इवटा चिनियाँ जहाज भित्र्याउने तयारी गरेका छाैँ,’ उनले भने। बिहीबार एमए-६० र शनिबार वाई-१२ विमान काठमाडौं अाइपुग्नेछ। ५६ सिट क्षमताको एमए-६० र १८ सिटको वाई-१२ जहाज नेपाल ल्याउन विभागका निर्देशक पोषक ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यीय टोली चीन गएकाे छ। अघिल्लो विमान क्याप्टेन गाेपालसिंह विष्ट र सहायक पाइलट पी.एस जेबी राणाले उडाएर ल्याउने छन्। दोस्रो विमान कसले उडाउने भन्ने टुंगो लागिसकेको छैन।   चिनियाँ जहाजले निगमलाई घाटा निगमले यसअाघिसमेत चिनियाँ एमए-६० र वार्इ-१२ जहाज भित्र्याएको थियो। जसका कारण आर्थिक वर्ष २०७२/०७३ निगमकाे घाटा बढ्नपुग्यो।

मर्मत सम्भार धेरै गर्नुपर्ने र कम समय चल्ने भएकाले निगमले घाटा बेहोर्नु परेको हो। वाई-१२ जहाजले एकवर्षमा जम्मा एक सय २ वटा उडान भरेर ६ सय २२ जना यात्रुलाई सेवा दियो। यस्तै चालू आर्थिक वर्षको चार महिनामा ८५ उडान भरेको यस विमानले २ सय ९५ यात्रुलाई सेवा दिएको छ। यद्यपी एमए-६० ले भने गतवर्ष नौ सय ६ भर्‍यो। जसबाट २० हजार ९ सय यात्रुले सेवा पाए। यो वर्षको मंसिरसम्ममा तीन सय ७ उडान भर्दा थप पाँच हजार ९ सय यात्रुले सेवा पएका छन्।   थप तीन वार्इ-१२ जहाज छ महिनाभित्र आउने निगमले अागामी ६ महिनाभित्र थप तीनवटा जहाज भित्र्याउने तयारी गरेकाे छ। नेपाल र चीनबीच वि.सं. २०७० मंसिर १३ मा भएको सम्झौताअानुसार अागामी ६ महिनाभित्र कम्तिमा थप तीन जहाज ल्याउने तयारी निगमको छ।

प्रशिक्षक पाइलट उपलब्ध गराउने, चिनियाँ भाषाको डकुमेन्ट सबै अांग्रेजीमा उपलब्ध गराउने, वार्षिकरूपमा बिमा शुल्क घटाउने, स्पेयर पार्ट्स काठमाडौंमा नै उपलब्ध गराउने तथा क्षमताअानुसार उड्न नसक्ने जहाजको क्षमता परीक्षण पनि गर्ने विषयमा सहमति भएपछि घाटा सहेरै भएपनि थप विमान ल्याउन निगम तयार भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका