Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जागिर खोज्दै हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस् ! – Gaule Khabar

जागिर खोज्दै हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस् !

जागिर खोज्दै हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस् !

काठमाडौं, माघ २० –

तपाईं जागिरको खोजीमा हुनुहुन्छ तर कसरी खोज्ने ? कहाँ खोज्ने ? चिन्तामा हुनुहुन्छ भने यी ५ उपायहरु अपनाउनुहोस् जसले तपाईंलाई नयाँ जागिर  पाउन सहज बनाउँछ ।

सञ्जालमा रहनुहोस्

तपाईं जागिरको खोजीमा हुनुहुन्छ भने आफन्त तथा साथीहरुसँग नजिक हुनु आवश्यक छ । कतिपय संस्थाहरुले विज्ञापन प्रकाशित नगरिकन उनिहरुकै आफ्नो सञ्जाल मार्फत रोजगारीको आह्वान गर्ने गर्छन् । आफ्नो रुचि र क्षमतालाई मध्यनजर गर्दै सोहि क्षेत्रमा काम गर्नेहरुको सम्पर्कमा रहिरहनु पर्छ । यसो हुँदा तपाईंले आफ्नो रुचिअनुसारको काम पाउँन सक्नुहुन्छ । साथै सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, लिङ्क्ड इन जस्ता साइटहरुमा पनि आफुलाई सक्रिय बनाउनु आवश्यक हुन्छ ।

रोजगारी सम्वन्धी जानकारी दिने वेभसाइट हेर्नुहोस्

रोजगारिको खोजीमा हुनुहुन्छ भने पत्रपत्रिकामा मात्रै सिमित हुनु हुदैन । इन्टरनेटको बढ्दो विकाससँगै रोजगारी सम्वन्धी अपडेट दिने वेभसाइटहरु नेपालमा पनि लामो समयदेखि सन्चालनमा आईरहेका छन् । त्यसमा अधिकांश कम्पनीहरुले रोजगारिको लागी आवश्यक जानकारी र आवेदन दिने प्रक्रियाबारे पनि उल्लेख गरेको हुन्छ । नेपालको सन्दर्भमा धेरै भन्दा धेरै अवसरको बारेमा अपडेट गर्दै आएका केहि वेभसाईटहरु मेरो जव डट कम, जब्स् नेपाल डट कम, राम्रो जब्स डटकम, मेरो रोजगारी डटकम, जागिरे डटकम रहेका छन् । अवसर खोज्नेले यि लगायतका साइटहरुलाई निरन्तर रुपमा हेरिहनुपर्छ । साथै विभिन्न पत्रपत्रिकाहरुले पनि यस बारेमा सूचनाहरु प्रकाशित गरिरहेको हुन्छन् ।

कम्पनीहरुको वेभसाइट हेर्नुहोस्

अवसरको खोजीमा रहेकाले आफु कुन क्षेत्रमा काम गर्ने निर्धारण भइसकेपछि सोही प्रकारको काम गर्दै आएको संस्थाको वेभसाइटलाई हेर्दै गर्नुपर्छ । त्यहाँ कम्पनीलाई आवश्यक परेको कर्मचारीको बारेमा जानकारी प्रस्तुत गरिएको हुन्छ । प्राय आफ्नो साइटलाई अपडेट गरिरहने कम्पनीहरुले आवश्यकताको बारेमा जानकारी दिने गर्छन्।

इन्टर्नशिप (प्रशिक्षार्थी)

काम गर्न चाहनेहरुले आफ्नो रुचीको क्षेत्रको संस्थाहरुमा इन्टर्नसिप गर्न सक्छन् । कतिपय संस्थाहरुले दक्ष कर्मचारी भन्दापनि काम गर्न नजान्ने तर इच्छुकहरुलाई अवसर प्रदान गरिरहेको हुन्छ । इन्टर्नसिपमा राम्रो गर्ने कर्मचारीहरुलाई संस्थाले कर्मचारीको रुपमा नियुक्त गर्ने गर्छ । काम गर्न चाहनेहरुले सुरुवाती समयमा पैसा नपाएतापनि इन्टर्नसिप गर्दा राम्रो हुन्छ । यसले आफ्नो क्षमतामा निखारपन ल्याउन सहयोग गर्छ ।

जब्स फेयर (रोजगार मेला)

नेपालमा कर्मचारी आवश्यकता सम्बन्धी मेला गर्ने प्रचलन नभएतापनि विदेशमा भने यस्तो गतिविधीहरु हुने गर्छ । मेलामा कर्मचारी चाहिएका कम्पनीले स्टल राख्छ र आवश्यक जनशक्तीको परिपूर्ती गर्ने गर्छ । काम गर्न इच्छुकहरु आफ्नो बायोडाटा तथा बिभिन्न कागजात सहित अन्तवार्ताको लागि उपस्थित हुनुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ