Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
२६ वर्षसम्म केटीको जस्तो स्वर भएका झविन्द्रको शल्यक्रियापछि केटाको स्वर आएपछि… – Gaule Khabar

२६ वर्षसम्म केटीको जस्तो स्वर भएका झविन्द्रको शल्यक्रियापछि केटाको स्वर आएपछि…

२६ वर्षसम्म केटीको जस्तो स्वर भएका झविन्द्रको शल्यक्रियापछि केटाको स्वर आएपछि…

काठमाडौं, माघ ८ –

झापा शान्तिनगरका झविन्द्र भट्टराई पुरुष हुन्। तर, उनको आवाज भने केटीको झैँ थियो। बाल्यकालमा बोली फुटेदेखि २६ वर्षको उमेरसम्म उनी केटीको झैँ आवाज लिएर बसे। उनको बोली सुनेर धेरैले जिस्काए। कत्तिले ‘केटा भएर पनि केटीको स्वर’ भन्दै उल्याए। साथीभाइसँग खेल्दा होस् वा विद्यालयमा पढ्दा उनको बोलीलाई लिएर जिस्काउने मात्र हुन्थे। तर, उनलाई माया गर्ने आफन्त पनि धेरै थिए।

आवाज केटीको झैँ भएकै कारण उनले धेरै ठाँउमा जागिर पाएनन्। जागिरका लागि निवेदन दिँदा कागजपत्र हेरेर खुसी भएकाहरु अन्तर्वार्ताका क्रममा बोली सुनेपछि बोलाउँदैन थिए। उनको दुःख यत्तिसम्म थियो कि नयाँ मासिनहरु बोल्ने क्रममा सुरुमै फिस्स हाँसिदिन्थे। भन्छन्, ‘कुराकानीको सुरुमै नाम सोधिन्थो अनि म नाम भन्थेँ, तर मेरो बोली सुन्ने बित्तिकै उनीहरु फिस्स हाँसिहाल्थे। त्यसपछि मलाई असैह्य हीनताबोध हुन्थ्यो।’

आवाजकै कारण उनको ‘कन्फिडेन्स लेभल’ घटेर झन्डै शून्यमा आइसकेको थियो। तर अहिले उनको बोली फेरिएको छ। उनले पुरुषकै स्वर पाउन २६ वर्ष कुरे। पुरुषकै स्वर आएपछि उनको कन्फिडेन्स लेभल बढिसकेको छ। जीवनमा केही नयाँ र ठूलो गर्ने हिम्मत बढेको छ।

उनलाई पुरुषको आवाज फर्काउने काम सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालका चिकित्सकहरुको टिमले गरेको हो। दुई वर्षअघि उनको घाँटीको सफल शल्यक्रियापछि उनले पुरुषकै आवाज पाउन सकेका हुन्। अस्पतालका नाक, कान, घाँटी विभागका प्रमुख डा। तोरण केसी र डा। सुजनसिंह क्षेत्रीको टिमले उनको शल्यक्रिया गरेका हुन्।

झविन्द्र केएमसी अस्पतालको क्यान्टिनमा काम गर्थे। एकदिन विभागीय प्रमुख डा। केसीले झविन्द्रको आवाज सुने र तुरुन्तै भने, ‘झविन्द्र तिम्रो आवज केटाको झँै बनाउन मिल्छ। म उपचार गरिदिन्छु,’ झविन्द्रले दुई वर्षअघिको कुरा सम्झँदै भने, ‘सुरुमा त मलाई होइन जस्तो लागेको थियो। तर पछि उहाँले समस्याबारे विस्तृत रुपमा बताएपछि उपचार गर्न तयार भएँ।’

उपचार गर्नुअघि झविन्द्र निकै डराएका थिए। मनमा अनेकथरि कुरा खेल्थे। उनले सम्झिए, ‘भएको आवज पनि गुम्छ कि वा विकृत आवाज पो आउने हो कि भन्ने डरले सताउँथ्यो।’ तर, उनको उपचार सम्भव भयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका