Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भूकम्प प्रभावित आवास पुनःनिमार्णको लगत सङ्कलन सुरु – Gaule Khabar

भूकम्प प्रभावित आवास पुनःनिमार्णको लगत सङ्कलन सुरु

भूकम्प प्रभावित आवास पुनःनिमार्णको लगत सङ्कलन सुरु

सल्लेरी (सोलुखुम्बु), माघ ५ –

सोलुखु्म्बुमा भूकम्प प्रभावित आवास पुनःनिमार्णको लगत सङ्कलन गर्ने काम सुरु भएको छ । मङ्गलबारदेखि लगत सङ्कलन गर्न गाविसका सामाजिक परिचालकलाई गाउँगाउँमा खटाइएको छ ।

जिल्लाको अतिप्रभावित गाविस नेले, लोखिम, कोगल, चौलाखर्क, भकान्जे, गोली, टाक्सिन्धु, जुभिङ, वुङ, गुदेल, छेस्काम र पन्चन गाविसमा इन्जिनियरसहित सामाजिक परिचालक खटाइएको जिल्ला लगतसङ्कलन व्यवस्थापन कार्यालय सोलुखुम्बुका इन्टरलोकुटर अधिकृत राजेश दासले जानकारी दिनुभयो ।

सोमबार १२ जना इन्जिनियरको टोली सदरमुकाम आएको थियो ।
भूकम्पले बढी क्षति पुगेको गाविस गोली, भकान्जे, चौलाखर्क पुग्नका लागि पैदल जानुपर्ने भएकाले दुई दिन लाग्दछ । अन्य गाविस लोखिम, वुङ, छेस्काम, गुदेल, जुभिङमा पनि सडकको पहुँच पुगेको छैन । सदरमुकामबाट नजिकको गाविस नेलेमा भने गाडीबाट जान सकिन्छ । कागेल, पन्चन, टाक्सिन्दुमा भने सडकको पहुँच पुगे पनि गाविसमै गाडी भने जादैन । दुर्गम क्षेत्रमा इन्जिनियरले पँैदल हिँडेर नै सर्वेको काम गर्नुपर्नेछ ।

इन्जिनियरले प्रभावित घरमा पुगेर तथ्याङ्कको पुनःमूल्याकङ्न गर्न ट्याबमार्फत प्रश्न–उत्तरविधिमार्फत जानकारी सङ्कलन गर्नेछन् । यो काम गर्नका लागि माग र फागुन दुई महिना निर्धारण गरिएको छ । सोलुखुम्बुमा ४१ जना इन्जिनियर आउने भनिएकोमा थप इन्जिनियरको तालिम सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

तथ्याङ्क सङ्कलनपछि भूकम्प प्रभावितले बैंक खाता खोल्नेछन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आवास पुनःनिमार्णका लागि सरकारले दिने भनेको अनुदान रु तीन लाखमध्ये सुरुमा रु ५० हजार प्राप्त गर्नेछन् ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका