Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
५५ वर्षपछि दलितहरु मन्दिरमा – Gaule Khabar

५५ वर्षपछि दलितहरु मन्दिरमा

५५ वर्षपछि दलितहरु मन्दिरमा

चितवन,पुस १२-

दलित महिलालाई मन्दिर प्रवेशमा रोक लगाएको भन्दै नारायणी नपा–६ मा रहेको चन्द्रकला देवीको मन्दिरमा विगत ३ महिनादेखि ताला लागेकोमा शनिबार पुस ९ गते स्थानीय दलित युवाको अगुवाइमा दलित र गैरदलित संयुक्त रुपमा मन्दिर प्रवेश गरेका छन् । विसं २०१८ सालमा स्थापित सो मन्दिरमा हालसम्म दलित जातिलाई मन्दिर प्रवेश गर्न दिइएको थिएन ।

ब्राह्मण क्षेत्री समुदायका महिलाले स्थानीय दलित महिला प्रेमकुमारी विकलाई मन्दिर प्रवेश गरेको भन्दै आपत्तिजनक शब्दले गालीगलौज गरेकामा शनिबार सबै मिलेर आरोपितलाई माफी मगाइ मन्दिर प्रवेश गराइएको स्थानीय पत्रकार अञ्जनकुमार हिमालीले जानकारी दिए ।

चितवनको नारायणी नगरपालिका–६ देवीस्थानमा गत असोज २४ नवमीका दिन मन्दिर पूजा गर्ने सन्दर्भमा सानो जात भएको भन्दै स्थानीय दलितहरु अपमानित हुनु परेको थियो । स्थानीय ज्ञानु भण्डारी, रविलाल भण्डारी र डिल्ली शर्मालगायतले दुव्र्यवहार गरेको दलितहरुको आरोप छ ।

सोही घटनाको विरोध गर्दै स्थानीय जनजागरण युवा क्लब तथा वुद्धिजीवीहरुको अगुवाइमा मन्दिर व्यवस्थापन समितिलाई सार्वजनिक स्थानमा सबैको समान हकको लागि सत्यतथ्य बुझ्न पत्र पेश गरिएको थियो ।पत्र पेश गरेको तीन महिनापछि पुस ११ गते संयुक्तरुपमा मन्दिर प्रवेश गरिएको स्थानीय अगुवा मोतीकृष्ण विश्वकर्माले जानकारी दिए । गाउँको घटना गाउँस्तरमै मिलाउने दबाब आएपछि पीडितले यस विषयमा प्रहरी र अन्य अधिकारकर्मीलाई जानकारी गराएका थिएनन् ।चितवनका विभिन्न राजनीतिक दल र सम्बन्धित निकायबीच सर्वदलीय छलफलसहितको सचेतनात्मक कार्यक्रम आयोजना गरी मन्दिर प्रवेश गरिएको थियो ।

चितवन बार एसोसिएसनका अध्यक्ष अधिवक्ता गोपिलाल देवकोटाको प्रमुख आतिथ्यमा मन्दिर प्राङ्गणमा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले सचेतनाको अभावमा अझै पनि समाजमा जातीय विभेदका घटना विद्यमान रहेको बताए ।साथै उनले सार्वजनिक स्थानमा भेदभाव हुनु निन्दनीय रहेको बताए । कार्यक्रमपश्चात् देवीस्थान मन्दिरमा सबै जातजातिले समान तरिकाले पूजाआजा गर्न पाउने लिखित हस्ताक्षर गरिएको थियो ।चितवन पोष्ट दैनिकवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका