एजेन्सी,पुस ९-
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरी १० करोडभन्दा बढि महिलाले गर्भनिरोधक चक्कीको प्रयोग गर्छन् ।यद्यपी, सन् १९६० को दशकमा गर्भनिरोधक चक्कीको सुरुवातलगत्तै यसको प्रयोगबाट विभिन्न प्रकारका साइड इफेक्ट देखिएका छन् ।एक नयाँ अनुसन्धानका अनुसार गर्भनिरोधक चक्कीको प्रयोगले मोटोपनाको खतरा बढाउँछ । यो अध्ययन डेनमार्कमा भएको थियो ।
डेनमार्कका अनुसन्धानकर्ताहरुले करिब १० लाख महिलाहरुको मेडिकल रेकर्डको अध्ययन समावेश गरे । १५ देखि ३१ उमेर समूहका यी महिलाहरुमध्ये कसैमा पनि पहिले डिप्रेसनको लक्षण थिएनँ ।अध्ययनमा अनुसन्धानकर्ताहरुले जो महिलाले गर्भनिरोधक चक्कीको प्रयोग गर्दथे, उनीहरुले पछि मोटोपनाको औषधी खानुपरेको वा अस्पतालमा भर्ना हुनुपरेको तथ्य फेला पारे ।
यो अध्ययनलाई मिडियामा निकै सनसनीपूर्ण बनाएर प्रस्तुत गरियो । मिडियामा यो खबर ‘यदि तपाईं गर्भनिरोधक चक्कीको प्रयोग गर्नुहुन्छ भने तपाईं मोटोपनाको शिकार हुन तयार रहनुहोस्’ वा ‘गर्भनिरोधक औषधीको प्रयोग गर्ने ७० प्रतिशत महिला मोटोपनाको चपेटामा’ भन्ने शीर्षकका समाचार बाहिरिन थाले ।
यस्तै, एउटा पत्रिकाको हेडलाइन थियो, ‘गर्भनिरोधक औषधीको मोटोपनासँग नाता, यो स्क्यान्डलभन्दा कम छैन ।’
यद्यपी, युनिभर्सिटी अफ एबरडीनमा प्राइमरी केयरका प्राध्यापक फिल हैनाफोर्डका अनुसार गर्भनिरोधक औषधीको मोटोपनासँग सम्बन्ध त्यति गम्भीर छैन जति मिडियाले बताउने गरेका छन् ।
उनी भन्छन्, ‘निकै कम असर हो ।’ उनका अनुसार गर्भनिरोधक चक्कीको प्रयोग नगर्ने प्रत्येक १०० महिलामध्ये हरेक वर्ष १.७ प्रतिशत मोटोपनाको शिकार हुने गर्दछन् भने गर्भनिरोधक चक्कीको प्रयोग गर्ने प्रत्येक १०० महिलामा २.२ महिला मोटोपनाको चपेटमा आउने गर्दछन् ।
यसमा कुनै ठूलो भिन्नता छैन । हेनफोर्डका अनुसार यो अन्तर ०.५ को हो अर्थात् प्रत्येक वर्ष २ सय महिलामा एक महिला धेरै ।
हेनफोर्डका अनुसार यस्ता अध्ययनको नतिजालाई हल्का वा सनसनीपूर्ण तरिकाले प्रस्तुत गरिनु हुँदैन ।
गर्भनिरोधक औषधीको प्रयोगले केवल मोटोपना निम्त्याउँछ भनेर सोच्नु गलत हो । यसको प्रयोगले रगत जम्ने खतरा पनि हुनसक्छ जुन निकै घातक साबित हुनसक्छ ।
यदि यी साइड इफेक्टलाई हल्का रुपमा लिइए, यो निकै खतरनाक हुनसक्छ ।
बर्लिनका हार्डिंग सेन्टर फर रिस्क लिटरेसीका निर्देशक प्राध्यापक जर्ज गिगेरेन्जर भन्छन्, ‘बेलायतमा विभिन्न परम्परा रहेका छन् र तीमध्ये एक हो गर्भनिरोधक चक्कीको प्रयोगमा डर । सन् १९६० को दशकदेखि नै गर्भनिरोधक चक्कीको प्रयोग गर्ने महिलामा रगत जम्ने वा थ्रोम्बोसिस हुनसक्ने खतरा हुने भन्ने कुराले चिन्तित हुँदै आएका छन् ।’
एक अध्ययनका अनुसार तेस्रो पिढिलाई गर्भनिरोधक चक्कीका कारण थ्रोम्बोसिस हुने खतरा दुई गुणा बढेको छ ।
तर सबैभन्दा ठूलो प्रश्न यो छ कि गर्भनिरोधक चक्कीको खतरा कति छ र महिलाहरु यसको विषयमा कति डराउनुपर्छ ?
केहि दिनअघि गार्डियन वेबसाइटमा एउटा सर्ट फिल्म देखाइएको थियो जसको कथा ती युवा महिलामा आधारित छ जसको रगत जम्ने समस्याका कारण मृत्यु हुन्छ । उनीहरु सबै हर्मोनल वा गर्भनिरोधक चक्कीको प्रयोग गरिरहेको फिल्ममा देखाइएको छ ।
महिला, यदि गर्भनिरोधक चक्कीको प्रयोगले हुने मृत्युबाट बच्न चाहनुहुन्छ भने यस्ता चक्कीको प्रयोग नगर्नुहोस् भन्ने सन्देश यो भिडियोले प्रस्तुत गरेको छ ।
फ्याकल्टी अफ सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थकेयरका उप निर्देशक डा. सारा हार्डम्यान भन्छिन्, ‘गर्भनिरोधक औषधीको प्रयोगले प्रति दस हजारमा केहि महिलाको मृत्यु हुन्छ, यो कहानी पूर्ण रुपमा सत्य छैन ।’
सारा भन्छिन्, ‘१० हजार महिलाहरुमा पाँच देखि १२ महिलाहरुमा रगत जम्ने समस्या हुन्छ र सबैको मृत्यु हुँदैन । रगत जम्ने महिलाहरुमध्ये एक प्रतिशत महिलाको मृत्यु हुन्छ ।’
साराका अनुसार प्रति दस लाख महिलाहरुमध्ये गर्भनिरोधक चक्कीका प्रयोग गरेर रगत जमेका कारण मृत्यु भएको घटना मात्र तीनदेखि १० हुन्छन् ।हुन त यो बुझ्नु रोचक छ कि गर्भनिरोधक चक्कीको प्रयोग नगर्दा गर्भवती हुने सम्भावना बढ्छ र गर्भावस्थामा रगत जम्ने आशंका थुप्रै गुणा बढ्ने गर्दछ ।