Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
फोटोसहितको मतदाता नामावली अद्यावधिक गरिँदै – Gaule Khabar

फोटोसहितको मतदाता नामावली अद्यावधिक गरिँदै

फोटोसहितको मतदाता नामावली अद्यावधिक गरिँदै

खोटाङ,पुस ६ –

जिल्ला निर्वाचन कार्यालय खोटाङले फोटोसहित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न एक महिने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

१६ वर्ष उमेर पुगेका नेपाली नागरिकको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा यसअघि नाम दर्ता गर्न छुट भएका मतदाताको दर्ता, गलत विवरण भरिएका मतदाताको अद्यावधिक गर्नका लागि निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न लागेको हो ।

आगामी पुस १४ गतेदेखि माघ १४ गतेको अवधिमा जिल्लाका ७२ गाविसमा टोली खटाएर फोटोसहितको मतदाता सङ्कलन तथा अद्यावधिकका काम गरिने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । खत्रीकाअनुसार जिल्लामा करिब ७५ हजार मतदाताको नामावली दर्ता गर्न बाँकी रहेको अनुमान गरिएको छ ।

मतदाता नामावली सङ्कलनसँगै अद्यावधिक गर्नका लागि १२÷१२ गाविसको ६ वटा क्लष्टर बनाइएको निर्वाचन अधिकारी खत्रीले जानकारी दिनुभयो । निर्वाचनको टोली प्रत्येक गाविसमा दुई÷दुई दिन बसेर फोटोसहितको मतदाता नामावली सङ्कलनका काम गर्ने जनाइएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका