Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जिल्ला प्रहरी कार्यालय बाँके अनुसन्धानमा उत्कृष्ट – Gaule Khabar

जिल्ला प्रहरी कार्यालय बाँके अनुसन्धानमा उत्कृष्ट

जिल्ला प्रहरी कार्यालय बाँके अनुसन्धानमा उत्कृष्ट

नेपालगन्ज,मंसिर २६-

अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँके उत्कृष्ट घोषित भएको छ ।

गम्भिर अनुसन्धानको कुशल अनुसन्धान गरी अपराधिहरुलाई कानुनी कठघरामा उभ्याएको, सिमित श्रोत–साधनको उच्चतम उपयोग गरेको, नागरिकमैत्री सेवा प्रदान गरेकोमा प्रशंसा गर्दै प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरेको हो । देशभरका जिल्ला प्रहरी कार्यालयहरुलाई पछाडि पार्दै बाँके उत्कृष्ट घोषित भएको हो ।

हरेक बर्ष मंसिर २४ गते नेपाल प्रहरीले मनाउँदै आएको अपराध अनुसन्धान दिवसको अवसर पारेर कार्यालयलाई सम्मान समेत गरिसकिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेक प्रसाद राईले आफु कार्यरत जिल्ला उत्कृष्ट घोषित हुँदा थप काम गर्ने उत्साह थपिएको बताउनुभयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँके अन्तरर्गतको महिला बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम कुमारी पाइजा मगर पनी प्रहरी प्रधान कार्यालयबाट सम्मानित हुनुभएको छ ।महिला तथा बालबालिका क्षेत्रमा सह्रानिय कार्य गरेको भन्दै अन्तरराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मगरलाई सम्मान गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका