काठमाडौं,मंसिर २६-
तिब्बती धर्मगुरु दलाइ लामालाई मंगोलिया भ्रमण गर्न दिएको विरोधमा चीनले मंगोलियामाथि नाकाबन्दी गरेको छ।
चीनको सीमा क्षेत्रबाट मंगोलिया जाने गान्ट मोड क्रशिङमा सयौंको संख्यामा मालबाहक ट्रकहरु रोकिएको बताइएको छ । मंगोलियाको सीमा क्षेत्रमा सयौं सवारी साधन र मालबाहक ट्रक रोकिएका दृष्य सार्वजनिक भएका छन् ।
चीनलाई लामालाई पृथकतावादीको आरोप लगाउँदै अन्तर्राष्ट्रिय जगतमा प्रतिबन्ध लगाउँदै आएको छ । एक साताअघि लामा मंगोलिया भ्रमणमा गएका थिए।