थुलुङ दुधकोशी गाउँपालिका-८ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन

थुलुङ दुधकोशी गाउँपालिका-८ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-८ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन गरिएको छ । सोमबार गाउँपालिका अध्यक्ष असिम राईले उक्त भवनको उद्घाटन गर्नुभएको हो ।

यो सङ्गै थुलुङ दुधकोशी गाउँपालिकामा एकैमहिनामा तीन वटा वर्थिङ सेन्टरको उद्घाटन सम्पन्न भएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । आइतबार वडा नम्बर-७ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन सङ्गै सेवा सुरु गरिएको छ भने सोमबार वडा नम्बर ८ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन गरिएको प्रवक्ता कार्कीको भनाइ छ । उहाँका अनुसार वडा नम्बर २ काङ्गेलमा मंसिर १२ गते प्रसूति सेवा सुरु गरिएको छ ।

अब गाउँपालिकाको वडा नम्बर ५ बाहेकको सबै वडामा प्रसूति सेवा सुचारु भएको छ भने वडा नम्बर ५ मा अहिले पालिका स्तरीय अस्पताल निर्माणको चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।

सोमबारको कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष असिम राईले सुविधा सम्पन्न भवन सङ्गै सेवामा उत्तिकै ध्यान दिइएको बताउनुभयो । पालिक भित्र भएको विकास निर्माणको सम्बन्धमा कुनै गुनासो नआउने गरि काम गर्न निर्देशन दिएको भन्दै अध्यक्ष राईले काहीँ कमिकमजोरी भएमा तत्काल सम्पर्क गरि आफ्नो गुनासो राख्न आग्रह गरे ।

यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष सविता राईले आवश्यकताको आधारमा भएको विकासलाइ नागरिकले महसुस गरिरहेको बताउदै सम्वृद्व वडा निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

यस्तै गाउँपालिका प्रवक्ता तथ वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले वडा नम्बर ७ र ८ सङ्गै जोडिएको भूगोल भएकाले विकास निर्माणमा साझेदारी गरिरहेको भन्दै आफुहरुले निर्माण गरेको कार्यक्रममा नागरिकको साथ पाउँदा सफलता मिलिरहेको बताउनुभयो । खानेपानीको चरम समस्या रहेको बुढिडाडा क्षेत्रमा पिउनेपानी पुर्याउने देखि ग्रामीण विधुतिकरण लगायतको काममा जनसहभागिता उत्साहजन रहेको भन्दै उहाँले सबैलाई धन्यवाद दिए ।

यस्तै माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपार्टी अध्यक्ष राम संघर्ष किराँतीले २०६७ सालमा जग्गा व्यवस्था भएपनि दलिय खिचातानीका कारण समयमा नै वर्थिङ भवन निर्माण हुन नसकेको भन्दै विकासमा हातेमालो आवश्यक रहेको बताए ।

उक्त भवन वनहार्ट वल्ड वाइड र थुलुङ दुधकोशी गाउँपालिकाको रु. ३२ /३२ लाख गरि रु. ६४ लाख लागतमा निर्माण गरिएको तत्कालीन स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका