Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बारा मत्स्य तथा कृषी महोत्सवमा ३६ लाखको कारोबार – Gaule Khabar

बारा मत्स्य तथा कृषी महोत्सवमा ३६ लाखको कारोबार

बारा मत्स्य तथा कृषी महोत्सवमा ३६ लाखको कारोबार

बारा, माघ २९–

प्रथम ऐतिहासिक बारा मत्स्य तथा कर्षि महोत्सव–२०७३ मा ३६ लाखको कारोबार भएको छ । नेपाल मत्स्य ब्यवसायी संघको आयोजनाका भएको तीन दिने महोत्सवमा ४० वटा स्टलहरु राखिएको थियो ।
माछा मार्ने विभिन्न प्रविधीका सामाग्रीहरु, अक्सिन मेसिन, भेक्टर मेसिन, विभिन्न प्रकार जाल, औषधीहरु, समाग्री, माछाका दाना, उत्पादनमा वृद्धि गर्ने समानहरु, तरकारी फलफुल, मनोरंजन गरी ३६ लाखको कारोबार भएको संघका जिल्ला अध्यक्ष जंगबहादुर साहले जानकारी दिनुभयो । करिब ९ लाख रुपैयाँको लागतमा सम्पन सो महोत्सवमा ५० हजार भन्दा बढीले अवलोकन गरेको महोत्सव तयारी समितीका संयोजक वीरेन्द्र चौधरीले जानकारी दिनुभयो । संघको अधयक्ष साहको अधयक्षतामा सम्पन ्समापन कार्यक्रमको प्रमुख अतिथी मत्स्य निर्देशनालय बालाजु काठमान्डौका प्रमुख बैकुन्ठ श्रीवास्तव रहनु भएको थियो । महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै श्रीवास्तवले सरकारले पहिलो फेजमा तराई मधेसको जिल्लाहरुमा सुपरजोन कायम गरी माछाको उत्पादनमा वृद्धि गर्नुको साथै पाछा पालनमा समेत किसानलाई उत्साही गर्न कामहरु समेत गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष मधुसुधन अधिकारी, केन्द्रिय सदस्य अशोक सहनीलगाएतले सम्बोधन गर्नु भएको थियो । सोही अवसरमा वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, न्युज २४ का मध्यामाञ्चल ब्यूरो प्रमुख रमेश सुवेदी, कान्तिपुर टेलिभिजनका पउेन्द्र ठाकुर, संस्कार खबर पत्रिकाका सम्पादक राजेश कुसवाहा, साझेदारीका कार्यकारी सम्पादक सन्तोष पान्डे, महिला पत्रकार संञ्जालकी अध्यक्ष सृजा थापा, नारायणी अनलाईन तथा कृपा दैनिकका संवाददाता दुस्यान्त चौधरीलाई कदरपत्र दिई सम्मान गरिएको थियो । माघ २७ गते देखि शुरु भएको सो महोत्सवको उदघाटन कृर्षी मन्त्री गौरीशंकर चौधरीले गर्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका