माप्य दुधकोशीमा बाईक दुर्घटनामा परि एक युवकको मुत्यु

माप्य दुधकोशीमा बाईक दुर्घटनामा परि एक युवकको मुत्यु

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशीमा बाईक दुर्घटनामा परेर एक युवकको मुत्यु भएको छ । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय हेम कुमार राईको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आज दिउँसो करिब १२ बजे माप्यदुधकोशी गाउँपालिका ४ काँकुबाट बासा जादै गरेको बा ४४ प २६१९ नम्बरको पल्सर मोटरसाइकल माप्य दुधकोशी ४ स्थित रमिते डाँडामा दुर्घटना हुँदा राईको मुत्यु भएको प्रहरी जनाएको छ ।

गम्भिर घाइते हुनुभएका राई उपचारको क्रममा प्राथामिक अस्पताल खास्ताव मुत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका