Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
१४ दिनदेखि अनसनरत तिवारीको समर्थनमा राजविराजमा प्रदर्शन – Gaule Khabar

१४ दिनदेखि अनसनरत तिवारीको समर्थनमा राजविराजमा प्रदर्शन

१४ दिनदेखि अनसनरत तिवारीको समर्थनमा राजविराजमा प्रदर्शन

सप्तरी,मंसिर २१-

 

अस्पताल सुधारको माग गर्दै भोक हड्तालमा रहेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिबारीको आन्दोलनप्रति ऐक्यबद्वता जनाउँदै विद्यार्थीहरुले मंगलबार बिहान राजविराजमा प्रदर्शन गरेका छन् ।

१४ दिनदेखि अनसन बस्दै आएका तिवारीको माग सम्बोधन गर्न सम्बन्धित निकायले आनाकानी गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

स्थानीय शिब मन्दिर प्राङ्गणबाट निकालिएको विद्यार्थीहरुको जुलुस नगरको बिभिन्न भाग परिक्रमा गरेको छ । उनीहरुले तिबारीको तत्काल माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । अस्पताल सुधारको माग गर्दै तिबारीले थालेको अनसन मंगलबार (आज) १४ दिन पूरा भएको छ ।  उनी गत मंसिर ८ गतेदेखि भोक हड्ताल बसेका हुन् ।

अस्पतालमा देखिएका बेथितीहरुलाई सुधार्नुपर्ने, चिकित्सकहरुको दरबन्दी कायम गर्नुपर्नेसहितका बिभिन्न माग राख्दै उनी भोक हड्तालमा बसेका हुन् । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

उनको मागबारे वार्ता गर्न पूर्व क्षेत्रिय स्वास्थ्य निर्देशनलाय धनकुटाका प्रमुख डा. महेश खनालको नेतृत्वमा आएको टोलीले कुरा गरेपनि तिबारीले स्वास्थ्य मन्त्री नआएसम्म अनसन जारी रहने भन्दै वार्ता गर्न अस्विकार गरेका छन् ।

इमेरजेन्सी र बहिरंग चिकित्साका लागि उपलब्ध हुने औषधिहरुको लिष्ट उपलब्ध गराउनुपर्ने, सुत्केरी, गर्भवतीका लागि पोषण, खाना सम्बन्धी, लुगा इत्यादी प्रसुति सम्बन्धी आएको प्रत्येक महिनाको प्रोत्साहन भत्ता, परिवार नियोजन सम्बन्धी विवरण उपलब्ध गराउनुपर्ने, बिरामीलाई उपलब्ध गराइने खानाको विवरण र सोको ठेक्का बन्दोबस्ती विवरण उपलब्ध गराउनुपर्ने, जिन्सी खाता अनुसारको सम्पूर्ण खर्च भएर जाने र खर्च भएर नजाने विवरण उपलब्ध गराउनुपर्ने माग तिबारीले गरेका छन् ।

यसैबीच अस्पतालका सरसफाई कर्मचारीहरुले पनि छुट्टै आन्दोलन सुरु गरेका छन् । उनीहरुले ज्यालादारी कमचारीलाई स्थायी गर्नुपर्नेसहितका पाँच बुँदे माग राख्दै अस्पतालमा धर्ना दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका