Gaule Khabar
बिहिबार, साउन २६, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

जिप दुर्घटनामा मृत्यु

जिप दुर्घटनामा मृत्यु

काठमाण्डौ । सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जिप जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा आज विहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

उहाँले जिपको बे्रक फेल भएर दुर्घटना भएको हुनसक्ने बताउनुभयो । जिप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ । जिपमा अन्य पाँच जना यात्रु सवार थिए । अन्य सकुशल रहेको प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ