आदिवासी जनजाति चलचित्र अभिमुखीकरण कार्यक्रम सम्पन्न

आदिवासी जनजाति चलचित्र अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । आदिवासी जनजाति चलचित्र बिषयक देशब्यापी अभिमुखीकरण कार्यक्रम बिराटनगरमा सम्पन्न भएको छ । चलचित्र बिकास बोर्डको सहकार्य र आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपस्थित भेलाले ज्योतिराज राईको अध्यक्षतामा ९ सदस्या आदिवासी जनजाति चलचित्र महासंघ १ नम्बर प्रदेश समिति गठन गरेको छ ।

तीन उपाध्यक्षमा भुपेन्द्र तुम्बाहाम्फे लिम्बू, दिप नारायण राजवंशी र ध्रुव चौधरी, महासचिव सुमन तामाङ चयन हुनुभएको छ भने दुई सचिव राजु माझी, सुरेन्द्र राज भुजेल र कोषाध्यक्षमा पेशल कुमार सुनुवार रहनु भएको छ ।

अमृत कुमार सुनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं। १ का सामाजिक विकास मन्त्री राजन राईको रहनु भएको थियो ।

कार्यक्रममा विभिन्न आदिवासी जनजाती संस्थाका अध्यक्ष एवम पदाधिकारी, प्रदेश नम्बर १ का सम्पूर्ण आदिवासी जनजाति चलचित्रकर्मी र पत्रकारहरुको उपस्थित रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका