Gaule Khabar
बिहिबार, साउन २६, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

नेकपा एमाले सोलुले सबै स्थानीय तहका उम्मेदवार टुङ्गो लगायो

नेकपा एमाले सोलुले सबै स्थानीय तहका उम्मेदवार टुङ्गो लगायो

सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुले सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएका छन् । सोलु-दुधकुण्ड नगरपालिकाका मेयरका लागि आङकाजी शेर्पा र उपमेयरमा मोहनकुमारी कार्कीलाई अघि सारिएको छ ।
त्यस्तै आज नेकपा एमाले प्रदेश कमिटिले निर्णय गर्दै माप्य दुधकोशी गाउँपालिकामा अध्यक्षमा बुद्धिकिरण राई र उपाध्यक्ष उम्मेदवारमा जुनिता माया मगरलाई पुन दोहिर्‍यएको छ । खुम्बुपासाङल्हमु गाउँपालिकामा अध्यक्षका लागि मिङमाछिरी शेर्पाले र उपाध्यक्षमा टासील्हमु शेर्पाले टिकट पाएकी छिन् ।
नेचासल्यान गाउँपालिकामा अध्यक्षमा डुफकुमार बास्तोला दोहोरिदै छन् भने उपाध्यक्षमा सृजना राईलाई उम्मेदवार बनाइने निर्णय भएको छ । यस्तै थुलुङदुधकोशी गाउँपालिकामा आङबाबु राई अध्यक्ष र कल्पना गिरी बस्नेत उपाध्यक्षमा उम्मेदवार बन्दैछन् । सोताङ गाउँपालिका अध्यक्षमा प्रकाश कार्की र मनसरी राईलाई अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनाउदैछ ।
महाकुलुङ गाउँपालिकामा भक्त राईलाई अध्यक्ष र उपाध्यक्षमा शुभधनी कुलुङ उम्मेदवार बनाउने भएको छ । लिखुपिके गाउँपालिका अध्यक्षका लागि एमालेले पोष्टकुमार कार्की र उपाध्यक्षमा सुष्मा माया शेर्पालाई उम्मेदवार बनाउदैछ ।
आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता हुदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ