Gaule Khabar
बिहिबार, साउन २६, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

सोलुखुम्बुमा मतदाताको संख्या ८० हजार बढि

सोलुखुम्बुमा मतदाताको संख्या ८० हजार बढि

काठमाण्डौ । सोलुखुम्बुमा ८० हजार बढि मतदाताको संख्या पुगेको छ । निर्वाचन आयोगले प्रकाशित गरेको तथ्यांक अनुसार सोलुखुम्बुको मतदाता संख्या ८० हजार १९ रहेको छ । वि।स २०७४ सालको निर्वाचनको तुलनामा आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा १८ हजार १ सय ७४ जना मतदाता थपिएको छ ।

दुई हजार ५सय १ जनाले बढि महिला मतदाता भन्दा पुरुष मतदाता रहेका छन् । महिला मतदाता ३८ हजार ७सय ५९ रहेको छ भने पुरुष मतदाता ४१ हजार २६० जना रहेका छन् । २०६४ सालको निर्वाचनमा ६१ हजार ८४५ मतदाता रहेका थिए । सोलुखुम्बुमा १२२ मतदान स्थल तोकिएको छ भने १३४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

आयोगको तथ्याङक अनुसारका सबैभन्दा बढि सोलु दुधकुण्ड नगरपालिकामा मतदाता छन भने सबैभन्दा कम लिखुपिके गाउँपालिका रहेका छन । सोलु दुधकुण्ड नगरपालिकामा १८ हजार ७ सय ९२ जना रहेको छन भने लिखुपिके गाउँपालिकामा ४ हजार ९ सय ७ जना रहेको आयोगले जनाएको छ । थुलुङ दुधकोशी गाउँपालिकामा १४ हजार ९ सय ३७, नेचासल्यान गाउँपालिकामा १० हजार ३ सय ८६, माप्यदुधकोशी गाउँपालिकामा १० हजार ४ सय ६२, महाकुलुङमा ७ हजार ७ सय ८४, सोताङमा ६ हजार ७ सय ९०,र खुम्बु पासाङ ल्हामुमा ५ हजार ९ सय ५५ जना रहेको आयोगले प्रकाशन गरेको सुचनामा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ