साहित्यकार एवं पत्रकार पाल्पालीको निधन

साहित्यकार एवं पत्रकार पाल्पालीको निधन

काठमाण्डौ । साहित्यकार एवं पत्रकार बिके (पाल्पाली विजयकुमार पोखरेल ) को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मनुभएका उहाँको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो ।

केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आएका पाल्पालीलाई पछिल्लो समय कोरोना सङ्क्रमणसमेत भएको थियो । केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार पत्रकार रेणुका भट्टराईले जानकारी दिए । उहाँको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा पनि सक्रिय थिए । उहाँ कानुन व्यवसायीसमेत हुन । पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहनुभएका पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका