संघीय साम्सद राईको पहलमा सोलुखुम्बुका १२ सय बढी घरमा जस्ताको छाना लगाइने

संघीय साम्सद राईको पहलमा सोलुखुम्बुका १२ सय बढी घरमा जस्ताको छाना लगाइने

गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको १२ सय बढि घर खरको छाना मुक्त हुनेभएको छ । जिल्लाका संघीय साम्सद हेमकुमार राई (शुरवीर)को पहलमा १ हजार २ सय ८९ घरमा जस्ताको छानो लगाउनको लागि बजेट ब्यबस्था भएको साम्सद राईले आफ्नो फेसबुक मार्फत जनाएको छ ।

“आगामी आर्थिक बर्ष २०७७/०७८ मा खरको छाना भएका घरमा जस्ता लगाइने छ ।” साम्सद राइले भन्नुभयो, “यो कार्यक्रमले अर्को बर्षपनि निरन्तरता पाउनेछ ।”

चालू आर्थिक बर्षमा नेचासल्यान गाउँपालिका भित्रका २५ घरमा जस्ताको छाना लगाउने काम सुरु भएको छ । यो कार्यक्रम आगामी बर्ष जिल्लाको ८ वटै स्थानीय तहमा सन्चालन गर्नेगरी शहरी बिकश मन्त्रालयबाट बजेट ब्यबस्था भएको साम्सद राइको भनाइ छ । जसको लागि सरकारको तर्फबाट प्रती परिवार ५० हजार उपलब्ध हुनेछ ।

“सुरक्षित नागरिक आवास निर्माण कार्यक्रम” जिल्लामा संचालित हुनेभएपछी स्थानीय नागरिक हर्षित भएका छ्न । संघीय साम्सद राइले जिल्लाको आवश्यकता अनुसार बिकासका लागि पहल गरिरहेको बताए ।

                                        फेसबुक स्टाटस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका