Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बिजुली चोर्ने बिरुद्ध ‘कुलमान अप्रेसन’, बिजुली चोर्ने ३० जना पक्राउ, दुई गाउँको लाइन काटियो – Gaule Khabar

बिजुली चोर्ने बिरुद्ध ‘कुलमान अप्रेसन’, बिजुली चोर्ने ३० जना पक्राउ, दुई गाउँको लाइन काटियो

बिजुली चोर्ने बिरुद्ध ‘कुलमान अप्रेसन’, बिजुली चोर्ने ३० जना पक्राउ, दुई गाउँको लाइन काटियो

वीरगन्ज,मंसिर २०-

नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्दले पर्सामा विद्युत चुहावट नियन्त्रण गर्ने अभियानलाई तिव्रता दिएको छ ।  विहान पर्साका विभिन्न गाउँबाट गस्ती टोलीले ३० जना विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरेको छ ।

वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार विद्युत चुहावट नियन्त्रक टोलीले पर्साको पोखारीया फ्युज सेवा अन्तर्गत पर्ने  शिवबार्वा, सेमरबारी, सतवरिया तथा पोखरीया बजार क्षेत्रलबाट ३० जनालाई पक्राउ गरेको हो।

वितरण केन्द्रका प्रमुख श्रीवास्तवको नेतृत्वमा शनिवार राती ९ बजेदेखि विहान ५ बजेसम्म विभिन्न गाउँको अनुगमन गरेर हुकिग गर्नेलाई पक्राउ गरिएको हो।

पक्राउ परेकालाई जिल्ला प्ररही कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनीहरुबाट करिब ३ लाख राजश्व असुली हुने उनले बताए । गाउँलेहरुले घरमा कति विद्युत खपत गरेका छन् भन्ने अनुगमनको अधारमा एक वर्षको जरिवाना असुली गराइन्छ । अर्को पटक पक्राउ परेमा ६ महिनासम्म थुनामा राख्ने अधिकार विद्युत प्राधिकरणसँग छ,उनले भने ।

त्यस्तै ,वितरण केन्द्रको आदेशको पर्सा, सुरजाहागाविस मधुवनी टोलका गाउँलेले पालना नगरेपछि त्यहाँको ५० केभिएको ट्रान्सफर्मर खोलेर वीरगन्ज ल्याइएको छ । केही दिन यता विद्युत कर्मचारीले ट्रान्सफर्मरबाट कनेक्शन काट्दा पनि गाउँको मिस्त्रीले जबरजस्ती जोडेर बत्ती बाल्दै आएका थिए।

उक्त गाउमा ७० घरधुरी छ । बाँकी रहेको ४ लाख विद्युत महसुल बुझाए मात्र लाइन सुचारु गर्ने विद्युत कर्मचारीहरुले बताएका छन् । त्यस्तै, पर्सा, धोरे गाउँको लाइन पनि काटिएको नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले जनाएको छ ।

४ सय घरधुरी रहेको सो गाउँमा ५० लाख विद्यत महसुल बक्यौता छ । पटकपटक बक्यौता महसुल बुझाउन आग्रह गर्दा पनि लाईन काटिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका