तेञ्जिङ हिलारी बिमान स्थल लुक्ला दुर्घटनामा कोपाइलट र असईको मृत्यु

तेञ्जिङ हिलारी बिमान स्थल लुक्ला दुर्घटनामा कोपाइलट र असईको मृत्यु

गाउँले न्यूज, १ वैशाख, सोलुखुम्बु । तेञ्जिङ हिलारी बिमान स्थल लुक्लामा हवाईजहाज र हेलिकोप्टर दुर्घटना हुँदा एक जना कोपाइलट र एक जना असईको मृत्यु भएको पुष्टि भएको छ । एयरहोस्टेज भने सकुशल छिन् ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले कोपाइलट र प्रहरीको मृत्यु भएको पुष्टि गरे । उनले एयर होस्टेज आर. लामा भने सकुशल रहेको बताए ।

मृत्यु हुनेहरुमा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का छन् ।

समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन र अर्का असई रुद्रबहादुर श्रेष्ठ घाइते छन् । घाइतेहरुलाई ग्राण्डी अस्पताल ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

आइतबार बिहान समिट एयरको हवाई जहाज काठमाडौंतर्फ उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनालगत्तै हवाई जहाज र हेलिकोप्टर पल्टिएका थिए । त्यसपछि लागेको आगो सुरक्षाकर्मीहरुले निभाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका