Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सरकार सङ्कटमा छ – मन्त्री शाही – Gaule Khabar

सरकार सङ्कटमा छ – मन्त्री शाही

सरकार सङ्कटमा छ – मन्त्री शाही

पोखरा, मंसिर २३ –

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सरकार सङ्कटमा परेको बताउनुभएको छ ।

नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले संशोधन प्रस्तावको विषयले समस्या परेको बताउनुभयो ।

“संशोधनले कमसेकम एउटा पक्ष खुसी बन्नु पथ्र्यो”, उहाँले भन्नुभयो – “संशोधनबाट आन्दोलनरत पक्ष पनि सन्तुष्ट छैनन्, सत्तारुढ दलकै कार्यकर्ता पनि असन्तुष्ट छन् ।”

प्रदेश नं ५ मा देखिएको समस्यालाई सुधार हुनेसम्म सुधार गरी लैजानुपर्नेमा उहाँको जोड थियो ।

नेपाली काँग्रेसले समयसापेक्ष नेपाली जनताको भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउँदै उहाँले पार्टीले गरेका राम्रा काम पनि प्रचार हुन नसकेको उल्लेख गर्नुभयो ।

पोखरा विमानस्थलको निर्माण प्रक्रिया केही प्राविधिक कारणबाट ढिलो भए पनि काम अघि बढ्ने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेस सरकारमा रहेको वर्तमान अवस्थामा जनतामुखी कार्यक्रमका साथ अघि बढ्नु आवश्यक भएको विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा सांसदद्वय यज्ञबहादुर थापा, शारदा पौडेललगायत पार्टीका नेता तथा कार्यकर्ता सहभागी हुनुहुन्थ्यो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका