Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सौराहा जेसीजको पद हस्तान्तरण – Gaule Khabar

सौराहा जेसीजको पद हस्तान्तरण

सौराहा जेसीजको पद हस्तान्तरण

चितवन,माघ ३-

सौराहा जेसीजको आईतवार पद हस्तान्तरण गरिएको छ । सौराहामा आयोजित कार्यक्रममा बर्ष २०१६ का अध्यक्ष राम शरण सिलवालले बर्ष २०१७ का अध्यक्ष सुर्यबहादुर तामाङलाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले युवाहरुमा उद्यमशिलता विकासको लागि जेसीजले भूमिका खेल्नु पर्ने बताए । उद्यमशिलता विकास हुन नसकेकै कारण युवाहरु विदेश पलायन हुले क्रम बढेको भन्दै उनले युवाहरुलाई स्वदेशमै परिश्रमि बनाउने नीति राज्यले अख्तियार गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पूर्व अर्थमन्त्री पाण्डेलाई सौराहा जेसीजले मानार्थ सदस्य समेत बनाएको छ । कार्यक्रममा बर्ष १६ का अध्यक्ष सिलवालले आफुले एक बर्षमा समाज विकासका लागि गरेको कामहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । सौराहा जेसीजका महासचिव शिवप्रसाद भूषालले जेसीज अफ दि इयरको उपाधि प्राप्त गरेका छन । कार्यक्रममा बर्ष १६ का अध्यक्ष सिलवालले आफना पदाधिकारी,सदस्य तथा पूर्व अध्यक्षहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व महासचिव अरुणेश्वर खनाल,नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामुदाम,पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुजता विष्ट पाण्डे,मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासुदेब ढुंगाना,रत्ननगर नगरपालिकाका सामाजिक विकाश शाखा प्रमुख पुष्पराज आचार्य,नेपाल जेसीजकी राष्टिय उपाध्यक्ष शोभा खरेल,क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे,सौराहा जेसीजका पूर्व अध्यक्ष सुवासचन्द्र गौतम,रत्ननगर जेसीजका पूर्व अध्यक्ष विश्वास रायमाझी लगायतले मन्तब्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका