Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तोडफोडप्रति चितवन मेडिकल कलेजद्धारा भत्र्सना – Gaule Khabar

तोडफोडप्रति चितवन मेडिकल कलेजद्धारा भत्र्सना

तोडफोडप्रति चितवन मेडिकल कलेजद्धारा भत्र्सना

चितवन, मंसिर २२–

चितवन मेडिकल कलेजले आज (बुधबार) विहान अस्पतालमा भएको तोडफोडको घटनाप्रति भत्र्सना गरेको छ ।
अस्पतालका निर्देशक डा.दयाराम लम्सालद्धारा आज जारी विज्ञप्तीमा भनिएको छ–‘बिरामीको मृत्यु पश्चात उपचारमा संलग्न चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरुलाई गाली गलौज, अभद्र व्यवहार, अस्पताल तोडफोड, अस्पतालको सेवामा व्यवधान खडा गरेकोमा यस्तो घृर्णित कार्यप्रति घोर भत्र्सना गर्दछौं ।’
अस्पतालले सुत्केरी व्यथा लागि उपचाररत भरतपुर उपमहानगरपालिका–७, २५ वर्षीया सुनिता गुरुङको गर्भावस्थामा अकस्मात विकसित हुने जटिल रोग ‘इक्लामसिया’ देखिएकोले उपचारमा अथक प्रयास गर्दागर्दै पनि बचाउन नसकिएको स्पष्ट पारेको छ । अस्पताल प्रशासनले अस्पताल भर्ना गर्दा मञ्जुरी पत्रमा सही छाप गराउनुको साथै पछि बिरामीको अवस्था जटिलताको बारेमा समेत आफन्तहरुलाई गराइएको जनाएको छ ।
अस्पताल प्रशासनले संवेदनशील संस्थामा सहज सेवा प्रभावको सुनिश्चितताको प्रत्याभुति हुनेगरि सम्बन्धित निकाय, संघसंस्था तथा सर्वसाधरणहरुमा आग्रह समेत गरेको छ ।

तोडफोडमा संलग्न ६ जना पक्राउ

अस्पतालमा तोडफोडमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सो घटनाको क्रममा केहीबेर हुलहुज्जत हुँदा एक प्रहरी निरीक्षकसहित तीन जना घाईते समेत भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका