१. पृष्ठभूमि
बंशवाली अनुसार माप्या र दिक्प्यका सन्तानहरु नै खालिङ राई हुन (राई, २०५८) । उनीहरुको सघन वसोबास सोलुखुम्बुको जुभिङ, वाकु, पावै, काकु, वासा, टाक्सिन्दु गाविससहरु हुन । तर अहिले टाक्सिन्दु र पावै वाहेकका चार गाविसहरुको समायोजनबाट माप्य दुधकोशी गाउँ पालिका बनेको छ । यसलाई खालिङहरुको बाक्लो उपस्थिति रहेको गाउँ पालिकाको रुपमा चिनिन्छ । खालिङ शव्द ख्यालबाट बनेको हो (खालिङ, २०७३ ः३६) । उनीहरुको भाषालाई ख्याल ब्रा भनिन्छ । खलिङ भाषा भोटबर्मेली भाषा अन्र्तगतको साइनो टिवेट परिवारमा पर्दछ (राई, २०१५ः९) । खालिङ राईहरु भाषिक, साँस्कृतिक तथा भौगलिक हिसाबमा अन्य राईहरु भन्दा अलक पहिचान बोकेको भाषिक समुदाय हो । साँस्कृतिक आधारको रुपमा तीन चुलोलाई मान्दछन् । न्यगी मुख्या कुलको रुपमा पुज्दछन् भने वास (साकेला) चाही उभौली र उधौली ठूलो चाडको रुपमा मनाउने गर्दछन् । खालिङहरु सोलुखुम्बु जिल्लाबाहेक ओलढुङ्गा, खोटाङ, भोजपू््र, उदयपूर, पाचथर, सँखुवासभा, झापा र ईलामा जिल्लामा पनि बसोबास गर्दै आएका छन् भने नेपाल बाहिरका देशहरुमा भारतको विभिन्न ठाउँहरु, युरोप तथा अमेरीका पनि स्थायी तथा अस्थायी रुपमा बसोबास गर्दै आएका छन् ।
२. सोलुखुम्बुका प्राचीन बासिन्दा खालिङ
साँस्कृतिक, भौगलिक तथा मिथकको आधारमा खालिङ राईको मुख्य बसोवास क्षेत्र सोलुुखुम्बुको दुधकोशी वरिपरिका जुभिङ, वाकु, पावै, वासा, कांकु तथा टाक्सिन्दु गाविसहरु पर्दछ । रोजगारी र अवसरको खोजिका कारण अहिले आखलढुङ्गा, खोटाङ, भोजपूर, उदयपूर, पाचथर,इलाम र काठमाण्डौ उपत्यका जिल्लाहरुमा पनि स्थायी तथा अस्थायी बसोसाबास गर्दै आएका छन् । केही मात्रामा युरोप, अमेरीका जस्ता देशहरुमा पनि छरिएर बसोबास गर्दै आएका छन् । पूर्खारुको भनाई अनुसार माप्यले शिकार खेल्दै जाने क्रम्मा माप्या सुनकोशीको बराहा क्षेत्रबाट शाल्पा भञ्ज्याङ, महाकुलुङ गाउँ हुदै ५८४५ मि.को उचाइमा रहेको आम्फूलाप्चा भञ्ज्याङ छिचोल्दै खुम्बु उपत्यका भित्र प्रबेश गरे । लामो समय सम्म हालको पाङमुजे (पामुछे), लबुचे (लफू चे) जस्ता ठाउँहरुमा लामो समय सम्म बसे । त्यही बसाईको क्रममा गेल्जोङम्या १ (भोटबासी महिला)सँग बिहे गरेर बसे । पछि पर्यावरणीय अनुकुल नभएको कारण इम्जा खोला पछ्याउदै तल झरे । भोटेकोशी र इम्जा खोलाको दोभानामा खोला तर्न कठिन भयो । त्यसबेला माप्यले आफूसँग भएको मन्त्र र ढ्यङग्रो प्रयोग गरि खोला तरे । त्यही समयम आफ्नो शक्ति जाँच गर्दा पहाडमा ढ्यङग्रो बजारेका थिए । त्यसको डाम अझै देख्न सकिन्छ (फोटो न १) । माप्यसँग तान्त्रिक शक्ति भएका कारण विभिन्न भौगोलिक कठिनाइलाई तान्त्रिक विद्याको प्रयोग गर्दै तल झरे । गेल्जोङ्म्या दोजिया भएका कारण ख्युच्युफ्युक भिरमा अड्किए मृत्यु भयो । त्यही ठाउँम सदगद गरे र त्यही दिन माप्यले कसम खाएका दिए आज देखि मेरा सन्तानहरुले शेर्पासँग विवाह नगरुन् किन कि सम्बन्ध नफाप्ने रहेछ भनेर । अहिलेको बुक्सा(बुबुसा)२ गाउँमा आएर बस्न थाले । माप्यले पहिलाको श्रीमतिसँग फेरी भेट भयो । अहिलेको बुबुसाबाट खालिङहरुको व्यबस्थित गाउँको बिकास भएको मान्दछन् । त्यहीबाट माप्यका सन्तानहरु अहिले संसारभर फैलिएका छन् । केही बर्ष पछि माप्या हातेमूमा बसेका थिए । त्याही समयमा माप्यले आफ्नो कुल साक्षी राखी द्््््वास्नङ लगाएका थिए जुन बेला बनाएको तीन चुलोका भग्नाबशेष अmझै पाउन सकिन्छ । यसरी मप्यले पनि चुलाको मुन्दुमी प्रयोग गरेको प्रमाणहरु पाउन सकिन्छ । त्यस्तै खुम्बु क्षेत्रमा अझै पनि खालिङ भाषाका केही नामहरु प्रचलनमा रहेको छ जस्तै लबुचे (लफू चे ) पाङबुचे (पा मुछे ), मिलुङ, नामचे ( न्वम मुछे ), छ्योपलुङ छेप्यालुङ जस्ता थुप्रै नामहरु अझै रहेका छन् । अहिले बसोबास गर्दै आइरहेका शेर्पाहरु सन १५३१–३ सम्म मा बसाई सररेस बसोबास गर्दै आएका हुन र उनीहरुले राईहरुलाई प्रतिस्थापन गरेर बसोबास गरेका हुन भन्ने उनीहरुको मौखिक परम्परा पनि छ (ह्वेल्पटन, २००५ ः १२)। जुन खालिङहरुको आस्थाको केन्द्र मृत्यु पछि आत्मलाई पठाउने पवित्र ठाउँ पाङमुचे (पामुछे) ले पनि देखाउछ ।वर्तमान अबस्थामा बसोबास गरिरहेका ठाउँहरुमा खालिङ बस्तिहरुको नाम पनि पञ्चायत शासन व्यबस्थाको कारण केही परिवर्तन भएका छन् जस्तै ज्युव्यू जुभिङ, फल्ले फूलेली, यगच्वाई बासा, आदि । यस्तै थप्रै स्थान नामले पनि खालिङहरुको आदिम थलो सोलुखुम्बु नै हो भन्ने बलियो प्रमाण हो ।
नेपालको जनगणना २०६८ को तथ्याङलाई हेर्दा खालिङ थर लेख्नेको संख्या १५७१ उल्लेख छ भने खालिङ भाषा बक्ता भने १४४६७ देखाएको छ । यसरी खालिङ थर लेख्नेको तुलनामा खालिङ भाषा बोल्नेको संख्या बढि देखिन्छ किनकी जनगणनाको क्रम्मा केहीले थर खलिङ र केहिले राई मात्र लेखाएका कारण पनि यस्तो धेरै सङख्यामा फरक देखा परेको हो तर नेपालामा राई थर लेख्ने ६,२०,००४ जना रहेका छन् । पूर्ण बहादुरका अनुसार सोलुखुम्बुमा मात्रै खालिङको सङ्ख्या ११६६० रहेको छ (खालिङ, २०७३ः३७)। अझै पनि नेपालमा बसोबास गर्ने सम्पूर्ण खालिहरुको पूर्ण र स्पस्ट भाषिक तथा जातिय सर्बेक्षण भने भएको पाइन्दैन् ।
३. चुलाको उत्पति : मिथक र प्रागऐतिहासिक आधार
मानव सभ्यताको विकाससंगै मानिसले खाना पकाएर खाने संस्कृतिको विकास गरे । खालिङ समुदाय पनि घुमन्ते तथा शिकारी युगक देखि नै शिकार तथा कन्दमुल पोलेर खाने ज्ञान प्राप्त गरे । समाजको उद्विकास सँगसँगै मानिसहरु स्थायी घर बासोबास गर्न थाले । सोही क्रम्मा नै खालिङहरुको पूर्खा खाक्चलपले घर बनाउन सिके र त्यही समयबाट तीन चुला बनाउन पनि थालेका हुन भन्ने भाई पाइन्छ । जब नयाँ घर बनाए पछि नयाँ चुलाको स्थापना गर्नु पर्ने र नयाँ घर प्रवेशको दिन घरमा सधै शुभ होस, प्रगति र सम्बिृद्धि होओस भन्ने उदेश्यले अनिवार्य कुखुराको बलि चढाउनु पर्ने मुन्दुमि मान्यता छ । यदि त्यसरी नगरिएमा घरकामा शुभ नहुने मान्यता भएकोले नयाँ घर प्रवेशको दिन सबै छिमेकी तथा गाउँलेलाई बोलाएर तीन चुलालाई ची जाड र फरम ले चोख्याउनु पर्ने चलन छ । तीन चुला खालिङहरुको मुन्दुमको आधार हो । तीन चुलो विना मुन्दुमका श्लोकहरु कल्पना गर्न सकिदैन । सम्पूर्ण खालिहरुको जन्मदेखि मृत्यु पश्चातको अन्तिम मृत्यु सस्कार सम्म अनिवार्य चाहिने जीज हो । न्यगी, वास, बुज्वा, विवहा तथा सम्पूर्ण शुभ तथा अशुभ कार्यको लागि तीनचुलाको पूजा अनिवार्य छ । खालिङहरुको पुर्खा माप्यले पनि बुक्सा बाट ज्युव्यु जुभिङ झरेर तितृ ÷ वंश नाम द्वास्नङ ४ लगाउदा बनाएको चुलोको भग्नबशेष अझै पनि छ । यासरी चुलोको र मुन्दुम प्रयोग भने सँसगै नै प्रयोगमा आएको हो भन्न सकिन्छ ।
४.चुलाको प्रकार
उपयोगीताको हिसाबमा खालिङहरुको दुई किसिमको चुला हुन्छ । मुन्दुम काम गर्न मिल्ने वा पितृ स्थापना गरिएको चुलो र सामान्या खान पकाएर खान मिल्ने चुलो जस्ले मुन्दुमी मान्यता प्राप्त गरेको हुदैन । मुन्दुमी मान्यता प्राप्त चुलो विधिवत रुपमा घरभित्र स्थापन गरिएको हुन्छ । खान पकाउन मिल्ने अस्थायी प्रकृतिका चुलाहरु पनि स्थापना गरिए पनि त्यसले भने मुन्दुमी मान्यता पाउदैन । घरभित्र सांस्कृतिक आधारमा निमार्ण गरिएको चुलो स्थायी प्रकृतिको हुन्छ । आधुनिक विकासमको प्रभावमा अजकाल नायाँ किसिमका चुला भए पनि मुन्दुमी चुलालाई सुंक्षित गरेर राख्नेगरेका छन् । त्यसैले चुलो विनाको खालिङ घर हुन सक्दैन् । मुन्दुमी तम्र अनुसार स्थापना गरिएको चुलोको आफेनै नामहरु रहेका हुन्छन । जस्लार्ई पखलुङ, मखलुङ, सेम्बलुङ भन्दछन् । पखलुङ, मखलुङ र सेम्बलुङले बुवा, आम र पाहुना वा छिमेकीको प्रतिनिधि गर्दछ । जब मुन्दुमी कार्या हुदा त्यसरी नै सम्बोधन हुने गर्दछ । पितृ चाढाउने पनि दुई किसिमको चुलो हुन्छ । घर भित्र निमार्ण गरिएको चुलोमा पितृ पनि चढाइन्छ र खाना पनि पकाउने काम गरिन्छ तर दोश्रो किसिमको चुलो चाहि घर बाहिर चौताराम मात्र बनाइन्छ । कुनै व्यक्ति घरबाहिर मृत्यु भएमा वा धेरै घाउखटिराको कारणबाट वा बच्चा जन्माउन नसकेर आमा र बच्चा दुवैको सगै मृत्यु भएमा त्यस्तो खालको मरण पितृमा चढाउदैन्न र कुनै सार्वजनिक ठाउँम धारा, कुवा, बाटो निमार्ण र चौतार वा फैचा बनाउने चलन छ । यदि चौतार बनाउनु परेका त्यहा चुलो निमार्ण गरिन्छ र त्यो दिन त्यहाँ मुन्दुम गरिन्छ । यो घर बहिरको नराम्रो मरणको चुलो जुन एक दिन मात्रै पितृ चढाउछन् । यस्तो खालको पितृलाई राङली ३ भन्दछन् । जुन दिन देखि कहिल्यै अन्या पितृ पुजामा बोलाइन्दैन र यस्तो आत्मलाई पाङमुचे वा दुधकुण्डो पठाउदैन । यस्तो खाल्को अत्मचाही सिया वा वयु भन्ने चलन छ जस्ले मानिसलाई विरामी बनाउँछ भन्ने विश्वास छ । तेस्रो किसिमको चुलो सामान्य खान बनाउन बनान्छ जहाँ तीन चुलो नै भए पनि त्यहाँ कुनै मुन्दुमी काम गरिदैन, यस्तो मान्यता पनि पाउदैन । ठूलठूला भोजभतेर कार्यक्रममा पनि चुलोको निमार्ण गरिन्छ तर काम सकेपछि भत्काएर राखिन्छ । यस्तो खालको चुलोको मुन्दुमी मान्यता पाउदैन ।
५.चुलाको वास्तु विधि वा अवस्थिति
खालिङ समुदायमा तीन चुला घर निमार्ण पछि मात्र स्थापना गरिन्छ । नयाँ घरमा प्रबेशको दिन चुलोलाई पितृ स्थापना गरि पूर्खाहरुले पुज्ने गर्दछन् । घरमा प्रयोग गरिएको मुख्य दलिन (निराल) ठीका साध राखेर जमिनको भित्ता पर्ने तिरको भागमा चुलोको निमार्ण गर्दछन् । खालिङहरुको घरमा एउटा मुल ढोका र अर्को जस्केला गरी दुइवटा ढोका राखेको हुन्छ । घर भित्रको चुलोको अवस्था वा घरको वास्तु अवस्था कुलुङ राईसँग हुवहु मिल्न जान्छ (म्यकडोगल्स,१९९७ ः ६१–६४) । चुलोको उत्तरी भागमा मोसम हुन्छ त्यही भागको ठीक भाथी भित्तामा देम्फे बनाएको हुन्छ जस्लाई पितृ राख्ने ठाउँ हो । घर भित्रको विभिन्न भागको अबस्थाहरु मुलढोको आधारमा विभाजन गएिको हुन्छ । जस्केला पटिको ठीक अगाडि भागलाई आमा (महिलाहरु) को भाग हुन्छ छ । ठीक मुल ढोकाको अगाडीको दाया र बाया भाग पहुनाहरुको लागि हो भने मोसम पटिचाही पूर्खाहरु वा मुन्दुमीह्ररु बस्ने ठाउँ हो । मोसम पटि पितृ पनि राख्ने भएकोला महिलाहरु प्रबेश गर्दैन्न । यही चुलोलाई वीचभागमा राखेर सम्पूर्ण मुन्दुमी कार्य गरिन्छ जस्तै विवाह, वास, न्यागी, मृत्यु सस्कार आदि । घरमा शुभलाभ होस र कुनै अप्रिय घटना नहोस् भनी घरलाई भोग दिने चलन छ । घर प्रबेशको दिनमा पहिलोपटक तीन चुलालाई अदुवा र सरुवाले चुलोलाई पूर्खाहरु (मुन्दुमी) द्वरा पुज्दछन् । त्यतिबेला श्लोकहरु यसरी पनि गाउने गर्दछन् । यसरी चुलो पुज्दा त्यही बंशको द्वस्नङ अनिवार्य चाहिन्छ र चुलोमा मुन्दुमी प्रक्रियाबाट पितृ स्थापना गर्दछन् । यो चुलो स्थायी प्रकृतिको हुन्छ ।
६. चुला निर्माण वा स्थापना विधि
खालिङ समुदायमा चुला निमार्ण गर्नलाई पहिला घर निमार्ण गर्नु अनिवार्य हो । खालिङहरुको घर आयतकारको हुन्छ । प्रया पूर्वतिर मुला ढोका बनाउन प्रचलन भए पनि भूगोलको झुकाप अनुसार घरको ढोका राख्ने चलन छ । जब मुला ढोका राखिसकेपछि मात्र चुलो राख्ने स्थान पहिचान हुन्छ । घरको ठीक बीचभागमा दलिम वा निराल राखिन्छ जस्ले घरको चौडाइलाई आधा बनाउछ । मुल ढोकाबाट प्रवेश गर्दा कुना वा भित्ता पटि चुला राखिन्छ । चुला बनाउदा वर्गकारमा निमार्ण हुन्छ । जुन वार्गभित्र तीन चुला स्थापना गएिको हुन्छ । वर्गाकार भागलाई चारै छेउमा पातलो ढुङ्गाले घेरिएर निर्माण भएको चौकोस् हुन्छ जस्लाई अगेना (हुलु ) भनिन्छ । यो हुलुलाई घेरेर राख्ने ढुङगालाई खालिङ भाषामा सरेस लुङ भनिन्छ भने मुन्दुमी नाम चाही स्युरी छेल रेबलुङ, बव छेब थाङ्म्यलुङ भन्दछन् । नयाँ घर बनिसके पछि चुलो निमार्ण गर्न पाको पूर्खाहरुद्वार उपयुक्त ढुङ्गाको खोजी गर्दछन । ढुङगा आगोमा पोल्दा पनि नफूट्ने खालको बलियो हुने ढुङगालाई नै चुलो लुङ छनौट गर्दछन् । ढुंगालाई भेटिसके पछि चोखो जाड र अदुवले पछिने गर्दछन र हुलुमा ल्यएर त्रिकोण आधारामा गड्दछन । पखलुङ, मखलुङ, सेम्बलुङ क्रमश मोसम(बुवा), आम (महिला) र पहुना बस्ने ठाउँपटि क्रमस गडिएको हुन्छ । नयाँ घर प्रबेश गरेको दिन चाहिँ मुन्दुमीहरुले घरधनिको द्वस्नाङ उचारण गर्दै चोखो सरुवा र अदुवा चढाउदै पितृ स्थापा गर्दछन् । घडीको सुई घुम्ने दिशामा पुज्ने चलन रहेको छ ।
७.मुन्दुममा चुलाको व्याख्या
चुलो र मुन्दुम एउटै सिक्काका दुई पाटा हुन । चुलो विना मुन्दुम सम्पन्न हुदैन । मुन्दुम विना चुलोको कुनै महत्वा रहदैन । त्यसैले चुलो र मुन्दुमवीचको सम्बन्ध अन्र्तसम्बन्धित छ । चुलोलाई मुन्दुमको बेला जहिले पनि बेन्ची सरुवाले पुज्ने चलन छ । चुलोलाई पुज्दा कुन कार्यको लागि हो त्यही काम अनुसारको मुन्दुमी श्लोक वाचन गर्दछन् । न्यगी, विबहा, वास, घर साइत जस्ता कार्यमा भिन्दा भिन्दै तरिकाले फलाक्ने गर्दछन् । यसरी चुलोलाई पुज्दा वा मुन्दुमी कार्यसम्पादा गर्दा द्वस्नङ पनि अनिवार्य चाहिन्छ ।
जस्तै न्यगी पुजा गर्दा गाउने श्लोक ः हुलु कन्या सुरु
त्यो सब ग्लेललो लबग्लेललो, ग्लेसा नो ए, द्वाब्सा नो ए, ख्यम्या देल्लो, दिम्या देल्लो, बेने न्याम्गो न्याम्न्युतो, त्यो सबको ग्लेललो, न्यगी चि ग्लेल्लो, ग्लेसा नो ए द्वाव्सा नो ए ,पखलुङ नो ए , मखलुङ नो ए ,सेम्बलुङ नो ए, त्यो निन्वाम च्यो पो पखुचे तमलुङ नो ना गो ।
त्यो अ्वोच्छी लोक्तो , सास्अ्वा पिप्या सास्अ्वया त्योल्व्यो, ल्यव्या पिप्या ल्यव्या त्योल्व्यो, म्यन्युुरी त्योल्व्यो , मछान्री त्योल्व्यो, छलल्याम त्योल्व्यो, मिनल्याम त्योल्व्यो, ह्यदी ल्याम त्योल्व्यो , बेरेल्याम त्योल्व्यो
त्यो खुदुजी मइक वो, मालुजी मइक ओ, मिन जी मइक ओ , सवजी मइक ओ ग्लोजी मइक ओ , मर्सजी मइकओ , वोयजी मइक ओ , त्यो वोयजी रेम्न्या, खुदुजी रेम्न्या, मालुजी रेम्न्या
हरेक कार्यमा चुलाई पुज्छन् र तीन चुलाको नाम पुकारर्दै अशिवार्द माग्ने चलन छ । सम्बन्धित घरमा वा त्यो समुदायमा कुनै त्यस्तै दुख नहोहोस, सधै शन्ति छाओस । यदि त्यस्तो अशुभ हुन लागे पनि पर पर भागाओस । हामीलाई रक्षा गर्नु । यो न्यगी चि सरुवाले आज पुजेका छौ । हामीलाई रक्षा गर्नु भन्ने अर्थ हुन्छ । यो घरको कुनै अनिष्ट नहोस । अन्नबाली, पशुपक्षी तथा मानवमा कुनै क्षति नहोस । हाम्रो सक्षा गर्नु । तपाईलाई यो न्यगी चिले पुजेका छौ भन्ने अर्थ हुन्छ । चुलो पूज्दा गाउने रिसिव्या ठाउँ अनुसार केही फरक भए पनि यसको सार तत्व भने एउटै रहेको पाइन्छ । तसर्थ खालिङ राई र चुलोको सम्बन्ध मुन्दुममा अक्सिजन र प्राणजस्तै रहेको पाइन्छ ।
८. चुलाको महत्व
चुलो खालिङ संस्कृतिको आधार हो । चुलाविना खालिङ कल्पना गर्न सकिँदैन । उनीहरुको जीवन चुलोमा अडिकएको छ । हरेक मानिस सास्कृतिक प्राणी हुन । उनीहरु सांस्कृतिक प्राणी बनाउने पहिलो आधारस्तभ्भ नै नीन चुला हो । तीन चुला भनेको आमा, बुवा र पहुना वा छोरीचेलीहरुको तीन सँगम हो । चुलो खालिङहरुको पवित्र मन्दिर वा आस्था, इतिहास हो । चुलो पुजा विना खालिङ हुन सक्दैन्न किन की खालिङ हुनलाई तीन चुलो जन्म देखि मृत्यपर्यन्त पनि पुजि रहनु पर्दछ । खालिङहरुको विवहा हुदाँ पनि पहिला न्यगी गर्नु पर्छ न्यगी मनाउने क्रम्मा चुलो सरुवाले पुज्नु पर्छ । हरेका बेहुला र माइती पक्षको दुइपक्षीय पूर्खा र चार कल्ले पनि यहि चुलोको ठीक वारिपरि बसेर छोरी चेली र ज्वाइलाई सात जुनी सम्मको कसम खुवाउछन् । मुन्दुमामा तीन चुलो भनेको इजलास गर्ने ठाउँ पनि हो ।
१०. निचोड र सुझाव
यो अध्ययन विभिन्न समयमा हुने वास, न्यगी, विबहा जस्ता कार्यहरुको सहभागितामूलक अवलोकन तथा स्रोत व्यत्तिहरुसँगको अन्र्तवातामा आधारमा गरिएबको हो । तीन चुलो खान पकाउन सजिलोको लागि मात्र नभएर एक सास्कृतिक तथा ऐतिहासिकता बोकेको पवित्र स्थला हो । जसले सिङगो खालिङहरुको जीवान र जगतको बारेमा अथाहा इतिहास बोकोको हुन्छ । हेर्दा समान्या तीन ढुङको भाडाकुडा अड्याउने देखिए पनि यसको सास्कृतिक तथा धार्मिक महत्वा खालिङ समाजमा गहिरो छ । खालिङहरुको आस्था वा जीवन नै तीन चुलाबाट सुरु हुन्छ ।
• चुलो खालिङ राईहरुको आस्थाको केन्द्र (मन्दिर हो) जहाँ पितृ चाडाइन्छ ।
• चुलो किरात राईहरुको एकताको प्रतीक हो ।
• चुलो आमा, बुवा र पहुनाहरुको केन्द्रिकृत प्रतीक हो ।
• चुलो खालिङ राईहरुको सास्कृतिक केन्द्र हो । चुलो पुज्नु पितृको सम्मान मात्र हैन इतिहास फलाक्नु हो ।
• चृुलो त्याग्नु खालिङबाट विलयन हुनु हो ।
• चुलो पुज्नु पितृलाई सम्मान गर्दै इतिहासलाई समरक्षण गर्नु हो । तसर्थ चुलो खालिङहरुको पहिचानको नाभि हो ।
सुझावहरु
• तीन चुलाको बारेमा साँस्कृतिक तथा ऐतिहासिकताको बारेमा अध्यायन अनुसन्धान गर्न जरुरी छ ।
• तीनचुलको प्रतीकात्मक तथा ब्यवहारिक अर्थलाई मानसाश्त्रीय तथा समाजाशास्त्रीय दृष्टिकोणबाट अध्यान तथा अनुसन्धान गर्नुपर्दछ ।
• आधुनिकरणको नाममा चुलोको महत्वलाई नबुझि दिप्रतिदिन सम्बन्धित समुदायहले प्रयोग गर्न छाढेका देखिन्छ । चुलोको साँस्कृतिक तथा ऐतिहासिकताको मत्वा बुझाउन समय समयमा युवाहरुलाई प्रशिक्षण गराउनु पर्ने आबश्यक छ ।
• चुलोको अध्यायन एकतफी ज्ञानले मात्र सत्यताको नजिक पुग्न नसकिने भएकोकोले भाषाशास्त्री, मानबशास्त्री, सम्माजशास्त्रीय जस्ता दृष्टिकोणबाट अध्ययन गरे बढी यर्थाततामा पुगिनेछ ।
• चुलो मुन्दुमो प्रयोग गर्ने भौतिक स्थल हो तर खालिङहरुको अलिखित मुन्दुम पाका पुर्खाहरुसँगै नाश हुदै जाने भएकोले चाडो भन्दा चडो सम्बन्धित समुदायले श्रब्य दृश्य दुबै माध्यामका दस्ताबेजीकरण गर्न जरुरी देखिन्छ ।
११. स्रोत व्यक्तिहरु
पूर्ण खालिङ रार्इं (जिरिसे ) दुधकोशी गा.पा २
जितबहादुर राई (गोरिसे ) दुधकोशी गा पा १
१२. सन्दर्भ ग्रन्थसूचि
• राई चन्द्रबहादुर, २०५८, ख्याल रादु छेस्कु तम्र, खालिङ बंशबृक्ष काठमाडौ
• खालिङ जङगबहादुर , २०७३ किरात पज्ञ,किरात राई प्रज्ञा परिषद, काठमाण्डौ , दोश्रो संस्करण
• खालिङ बुद्धिकिरण, २०६२, ख्यल तम्र
•Rai, Janga Bahadur 2018, Nyagi Ritual of Khaling Rai Community: Anthropological Study of Nyagi Ritual of Khaling Rai Community in Mapya Dudhakosi RM. Solukhumbu. ( Unpublished An MA Thesis RR Campus)
•Rai, Taramani. (2015). A Sociolinguistic Survey of Khaling: A Tibato-Burman Lanuage. (Submmited to Linguistic Survey of Nepal, CDL Tirivuwan University)
•McDougal, C. (1979). TheKulungeRai; A Study in Kinship and Marriage Exchange. Kathmandu,Nepal: RatnaPustak Bandar. pp.61-65.
•Whelpton, J. (2005). A History of Nepal. New York: Cambrige University Press. pp.12- 15.
नोट
१ गेल्जोङ्म्या ः माप्यको दोश्रो श्रीमति । पाङमुचेमा चौरी चढाउने भोटबाशी महिलालाई विबहा गरेकी थिइन । उनलाई अझै पुज्ने चलन छ । तर माप्यको पहिलो श्रीमति आम्फूलाप्चा भन्ज्याङ तर्ने बेला छोडिएका थिइन र पछि माप्यले हुङ्गु खोला पछ्याउदै गएर भेटेर ल्याई पुन बुबुसामा बस्ति बसाले ।
२ बुबुसा ः ज्य बुक्दे (अन्न जन्मिने उत्पादन गर्ने ठाउँ)
३ राङली ः यो आधा बाटोमा वा दोबाटोमा छोडिएको आत्म हो । यस्लाई पितृको रुपमा मान्दैन । यसले कहिलेकाही मान्छेलाइ मिरामी पनि बनाउछ तर पितृ भन्नाले पाङमुचे वा दुधकुण्डो पाठाइन्छ र उनीहरुलाई बुज्वा (विधि) वा सकेलामा बोलइन्छ जस्ले बर्दान दिन्छ ।
४ द्वास्नङ वंशको मुन्दुमी नाम हो ।यो व्यक्ति वा बंशको विशेष्ता आनुसार नाम लाईदिने चलन छ । द्वस्नङ विना कुनै पनि मुन्दुमी कार्य हुदैन । जस्तै विवाह, न्यगी, वास, मृत्यु संस्कार आदि ।
लेखक संस्कृति तथा इतिहास अध्येता हुन् ।
(किरात र सुप्तुलुङ ः सास्कृतिक संस्था चुला सम्बन्धि अध्ययनमा प्रकाशित लेख)